Shikhar Insurance
National Life

राष्ट्र बैंक भन्छः ‘डिजिटल कारोबारमा ठगी बढ्यो, अब यसरी सजग हुने’

सिंहदरबार संवाददाता
२०७८ माघ २१, शुक्रबार १५:०९
Hyundai
NCELL
NIMB

काठमाडौं । विद्युतीय माध्यमबाट हुने बैंकिङ कारोबारमा अनेकौं ठगी धन्दा मौलाएको भन्दै राष्ट्र बैंकले सजग हुन सबैमा आग्रह गरेको छ । शुक्रबार एक सूचना जारी गर्दै केन्द्रीय बैंकले विद्युतीय माध्यमबाट वित्तीय कारोबारमार्फत हुने जोखिम औल्याउँदै सर्वसाधारणलाई सजक हुन भनेको हो ।

नेपालमा पछिल्लो समयमा विद्युतीय कारोबारमा बढोत्तरी भइरहेको छ । विभिन्न विद्युतीय उपकरणको माध्यमबाट घरमै बसेर कारोबार गर्दा विभिन्न आपराधिक व्यक्ति र समूहले विभिन्न माध्यम प्रयोग गरी ग्राहकलाई ठगी गरिरहेको भन्ने गुनासो प्राप्त भइरहेका भन्दै उल्लेखित विषयमा विशेष ध्यान दिन नेपाल राष्ट्र बैंकले सो सूचनामार्फत् आग्रह गरेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

‘सामाजिक सञ्जालमार्फत चिनजानका मान्छेको नाममा रकम माग गर्ने, बैंकबाट फोन गरेको भनी इन्टरनेट बैंकिङ अथवा मोबाइल बैंकिङको यूजर नेम तथा पासवड माग्ने, नक्कली वेवसाइट बनाई ग्राहकका गोप्य सूचनाहरू लिने, ठूलो रकमको चिठ्ठा परेको भनी लोभ देखाई उक्त चिठ्ठा रकम हस्तान्तरण गर्ने बहानामा रकम माग गर्ने, अत्यधिक नाफाको लोभ देखाई गैरकानुनी घोषणा गरिएका उपकरणमा लगानी गर्न उत्प्रेरित गर्ने लगायतका ठगी भइरहेको जानकारीमा आएकोले विद्युतीय कारोबार गर्दा यसप्रकारको ठगीबाट बच्न विशेष ध्यान दिनु जरुरी देखिन्छ ।

अपरिचित व्यक्तिलाई कुनै पनि माध्यमबाट आफ्नो गोप्य पासवर्ड, ओटीपी वा अन्य कुनै पनि संवेदनशील जानकारी नदिन केन्द्रीय बैंकले सर्वसाधारणमा भनेको छ । राष्ट्र बैंकका अनुसार मोबाइल तथा अन्य डिभाइस एवम् एपका पासवर्डहरू बेलाबेलामा परिवर्तन गर्नुपर्दछ । यस्ता पासवर्ड गोप्य तरिकाले सुरक्षित राख्नुपर्दछ ।

सामाजिक सञ्जाल वा कुनै विद्युतीय माध्यमबाट म्यासेज पठाई रकम पठाउन आग्रह गरेमा रकम पठाउनुअघि सोही व्यक्तिले रकम माग गरे नगरेको व्यहोरा अन्य माध्यमबाट यकीन गरेर मात्र रकम पठाउनु पर्दछ । अनावश्यक तथा अनधिकृत एप आफ्नो मोबाइल फोन वा अन्य डिभाइसमा डाउनलोड गर्नुहुँदैन । यसरी अनधिकृत एप डाउनलोड गर्दा आफ्ना सबै संवेदनशील सूचनाहरू आपराधिक समूहले पत्ता लगाउन सक्छन् ।

कसैले रकम भुक्तानी गर्ने बहानामा बारकोड अथवा क्यूआर कोड पठाएको अथवा एपको पासवर्ड आवश्यक छ भनेर म्यासेज गरेको कार्यलाई शङ्कास्पद रुपमा लिनुपर्दछ । रकम भुक्तानी लिन वा पैसा प्राप्त गर्न कुनै पनि बारकोड, क्यूआरकोड अथवा पासवर्ड पठाउन आवश्यक छैन ।

कुनै पनि वेवमार्फत विद्युतीय कारोबार गर्नुअघि सम्बन्धित संस्थाको आधिकारिक वेव हो वा होइन यकीन गरेर मात्र कारोबार गर्नुपर्दछ । कुनै पनि वेव साइटको ठेगाना https:// बाट सुरु भएको छ भने सुरक्षित, भरपर्दो वा विश्वसनीय छ भन्ने बुझिने भएकोले वेव साइटको ठेगाना https:// बाट सुरु भए नभएको यकीन गर्न राष्ट्र बैंकले आग्रह गरेको छ ।

साथै, विद्युतीय कारोबार गर्दा आफू ठगिएको शङ्का लागेमा अथवा कुनै गुनासो रहेमा आफूले कारोबार गर्ने गरेको बैंक तथा वित्तीय संस्था एवम् नेपाल राष्ट्र बैंकको गुनसो सुनुवाईसम्बन्धी पोर्टल जततउकस्ररनगलबकय।लचद।यचन।लउ मा गुनासो वा उजुरी दर्ता गर्न राष्ट्र बैंकले आग्रह गरेको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्