Shikhar Insurance
National Life

विकास बैंक र वित्त कम्पनी सुपरिवेक्षण हट्यो, फागुन १ गतेदेखि नयाँ विभागमार्फत् निगरानी हुने

सिंहदरबार संवाददाता
२०७८ माघ २०, बिहीबार १८:३४
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल राष्ट्र बैंकले विकास बैंक र फाइनान्स कम्पनी सुपरिवेक्षण खारेज छ । केन्द्रीय बैंकले यी सुपरिवेक्षणलाई मर्ज गरी नयाँ सुपरिवेक्षणमार्फत विकास बैंक र वित्त कम्पनीहरुको सुपरिवेक्षण गर्ने भएको हो ।

हालसम्म २७ वाणिज्य बैंक, १७ वटा विकास बैंक, १७ वित्त कम्पनी र ६७ लघुवित्त संस्थालाई निरिक्षण, निगरानी तथा अनुगमन गर्ने छुट्टा छुट्टै सुपरिवेक्षण विभागहरु छन् । जसमा वित्त कम्पनी र विकास बैंक सुपरिवेक्षणलाई भने मर्जर गरी वित्तीय संस्था सुपरिवेक्षण बनाउन लागिएको राष्ट्र बैंकले जनाएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

राष्ट्र बैंक संस्थागत योजना तथा योजना विभागले एक सुचना जारी गर्दै फागुन एक गतेदेखि नै विकास बैंक र वित्त कम्पनी सुपरिवेक्ष विभागलाई एकिकृत गरी वित्तीय संस्था सुपरिवेक्ष विभाग सञ्चालनमा ल्याइने उल्लेख गरेको छ ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको संख्या घटाउन पुँजी वृद्धिको रणनीति अपनाउँदा मर्जर र प्राप्तीले विकास बैंक र वित्त कम्पनीको संख्या करिब ५ गुणासम्मले घटेको छ । ५ वर्षअघिसम्म ८४ वटा विकास बैंक र ५३ वटाको संख्यामा थियो ।

सोअघिसम्म पनि वित्त कम्पनी र विकास बैंकहरुलाई एउटै सुपरिवेक्षण विभागले हेर्ने गरेको थियो । नयाँ लाइसेन्स दिएसँगै संस्थाको संख्या बढेपनि सुपरिवेक्षण विभाग छुट्याइएको हो । हाल पुनः संख्या घटेसँगै विभागलाई एकिकृत गरिएको हो ।

राष्ट्र बैंकमा विभागीय बिग मर्जर, विकास बैंक र फाइनान्स कम्पनी सुपरिवेक्षण एक हुँदै

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्