Shikhar Insurance
National Life

तोकिएको सीडी रेसियो कायम गर्ने बैंकलाई २१ करोड रुपैयाँ तरलता व्यवस्थापन गरिदिँदै राष्ट्र बैंक

सिंहदरबार संवाददाता
२०७८ माघ २०, बिहीबार १२:३८
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल राष्ट्र बैंकले तोकिएको कर्जा–निक्षेप अनुपात (सीडी) रेसियो कायम गर्ने बैंक तथा वित्त कम्पनीलाई २१ करोड रुपैयाँ तरलता व्यवस्थापन गरिदिने भएको छ । केन्द्रीय बैंकले अवकाश कोष अन्तर्गत कर्मचारी सुरक्षण कोषको रकम सीडी रेसियो अनुपात सीमा भित्र रहेका बैंकहरुमा मात्र राख्ने सर्त सहित बोलबोल आह्वान गरेको हो ।

बिहिबार सुचना जारी गर्दै उक्त कोषमा रहेको रकम तोकिएको सर्त पूरा गरी १ वर्षे मुद्दती निक्षेपमा लिन चाहने बैंक तथा वित्त कम्पनीलाई माघ २४ गते भित्र ब्याजदर प्रस्ताव गरी आवेदन पेश गर्न भनेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सो रकम राष्ट्र बैंकले वाणिज्य बैंकहरुमा १६ करोड ८० लाख रुपैयाँ, विकास बैंकहरुमा ३ करोड १५ लाख रुपैयाँ, वित्त कम्पनीहरुमा १ करोड ५ लाख रुपैयाँ २०७८ फागुन ४ गतेदेखि १ वर्षे मुद्दती निक्षेपमा राख्न लागेको हो ।

सो रकम मुद्दती निक्षेपमा लिनका लागि बैंक तथा वित्त कम्पनीहरु सञ्चालनमा आएको कम्तीमा २ वर्ष भएको, तोकिएको न्यूनतम पुँजीकोष कायम गरेको, खराब कर्जा ५ प्रतिशतभन्दा कम, खुद तरलता अनुपात २० प्रतिशत, सीडी रेसियो समय सयममा निर्धारण गरेको सीमा भित्र हुनु पर्ने, अघिल्लो आव संस्था नाफामा रहेको हुनुपर्ने र रियल स्टेट कर्जा बैंकबाट तोकिएको सीमाभन्दा बढी नभएको हुनुपर्ने लगायतका तोकिएको सर्त पूरा गरेको हुनपर्ने छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्