काठमाडौं । इन्फिनिटी लघुवित्तले पनि चालु आर्थिक वर्षको दोस्रो त्रैमास अन्त्यसम्मको वित्तीय विवरण सच्याएको छ । पुस मसान्तसम्मको ब्यालेन्स सिट तथा नाफा नोक्सानी खाता सार्वजनिक गर्ने क्रममा चुक्तापुँजी कम देखाएर सेयर मूल्य प्रभावित पार्ने विवरण सार्वजनिक गरेको इन्फिनिटीले सूचाकांकहरु सच्याएको हो ।
लघुवित्तले बोसन बाँडेको पैसाअनुसार चुक्तापुँजीमा नबढाएर प्रतिसेयर आम्दानी ५० रुपैयाँ ९८ पैसा देखाएको थियो । यो यथार्थ बाहिर आएसँगै लघुवित्तले बोनस सेयर पछि चुक्तापुँजी समायोजन गरेको छ । लघुवित्तले चुक्तापुँजी ३२ करोड ४६ लाख रुपैयाँबाट बढेर ४१ करोड ४५ लाख रुपैयाँ पुगेको सूचना सार्वजनिक गरेको छ ।
जसअनुसार प्रतिसेयर आम्दानी ३९ रुपैयाँ ९३ पैसा कायम भएको छ । यस्तै यसअघि कम्पनीले सेयर मुल्य आम्दानी अनुपात र नेटवर्थ प्रतिसेयर क्रमशः ३१.१९ र १ सय ८७ रुपैयाँ ५५ पैसा देखाएकामा यथार्थ चुक्तापुँजी राखेपछि ती परिसूचक क्रमशः ३९.८३ र १ सय ४६ रुपैयाँ ८७ पैसा कायम भएको बताएको छ ।
इन्फिनिटी लघुवित्तले ६ महिनामा ८ करोड २७ लाख ४८ हजार रुपैयाँ खुद मुनाफा गरेको छ । जुन अघिल्लो आवको यही अवधिको भन्दा २७ प्रतिशत बढी हो ।
वित्तीय विवरणमा भ्रमपूर्ण तथ्य सार्वजनिक गरेको फर्वार्ड लघुवित्तले पनि विवरण सच्याइसकेको छ ।
प्रतिक्रिया दिनुहोस्