Shikhar Insurance
National Life

लुकाइएको दस्तावेजबारे एमसीसीले भन्योः सूचनाको हक पालना गर्दै माग्नु, जेजे माग्यो त्यैत्यै दिन्छौं

सिंहदरबार संवाददाता
२०७८ माघ १८, मंगलवार १९:३४
Hyundai
NCELL
NIMB

काठमाडौं । मिलिनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए नेपाल) ले एमसीसी हदैसम्म पारदर्शिता अपनाउने संस्था रहेको बताएको छ । एमसीसी नेपाल कम्प्याक्टसम्बन्धी ‘गोप्य वा लुकाइएका’ दस्तावेजहरू प्राप्त भएको अर्थ लाग्ने समाचार सम्प्रेषण भएकामा खण्डन गर्दै एमसीए नेपालले एमसीए-नेपाल हदैसम्म पारदर्शिता अपनाउने संस्था हो र यस संस्थाले सावर्जनिक महत्वका सम्पूर्ण दस्तावेजहरू आफ्ना वेबसाइट तथा अन्य माध्यमबाट सर्वसाधारणको जानकारीका लागि सार्वजनिक गर्दै आएको बताएको हो ।

एमसिए-नेपाल नेपाल सरकारको जिम्मेवार निकाय भएको र एमसीसी नेपाल कम्प्याक्ट नेपालको आर्थिक हितका लागि नेपाल सरकारबाट कार्यान्वयन गर्न लागिएको सम्झौता भएकोले यससम्बन्धी कुनै पनि दस्तावेज गोप्य राखिनु वा लुकाउनु एमसिए-नेपालको पारदर्शिताप्रतिको प्रतिबद्धता विपरित हुने संस्थाको तर्क छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

एमसीए नेपालले भनेको छ, “प्रसारण लाइनमा पर्ने ३२ वटा गाउँपालिका तथा नगरपालिकामा सार्वजनिक सुनवाइका क्रममा सबैलाई पहुँच उपलब्ध गराइएको तथा नेपालको वातावरण संरक्षण ऐन अन्तर्गत सम्पूर्ण प्रक्रिया पूरा गरी नेपाल सरकारबाट स्वीकृति प्राप्त गरेको सार्वजनिक दस्तावेज वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनलाई समेत गोप्य भन्नु आफ्नै देशका निकायहरूको उपेक्षा गर्नु हो ।” साथै गोप्य भनिएका ती कुनै पनि दस्तावेज एमसीसीसँग गरिएका सम्झौता नभएको दाबी एमसीएको छ ।

एमसिए-नेपालले कुनै पनि दस्तावेज गोप्य रूपमा नराखी आफ्नो वेबसाइटमार्फत सार्वजनिक गर्दै आएको जानकारी गराउँदै यस्ता गलत सूचनामा विश्वास नगर्न र नगराउन अनुरोध गर्दै कुनै पनि दस्तावेज प्राप्त गर्नका लागि कार्यालयमा सम्पर्क राखिएमा सूचनाको हक सम्बन्धी ऐन अन्तर्गत दस्तावेजहरु उपलब्ध गराउने बताएको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्