Shikhar Insurance
National Life

समाचार प्रभावः भ्रमपूर्ण विवरण सार्वजनिक गरेको फर्वार्डले सच्यायो ब्यालेन्स सिट, ईपीएस घट्यो

सिंहदरबार संवाददाता
२०७८ माघ १८, मंगलवार १५:११
Hyundai
NCELL
NIMB

काठमाडौं । फर्वार्ड माइक्रोफाइनान्सले रातारात वित्तीय विवरण सच्याएको छ । भ्रमपूर्ण वित्तीय विवरण सार्वजनिक गरेर लगानीकर्ता झुक्याएको राष्ट्रियस्तरको लघुवित्त फर्वार्डले चुक्ता पुँजी बढाएर विवरण सार्वजनिक गरेको हो ।

यसअघि लघुवित्तले बोनस सेयरपश्चात पुँजी बढाउनुको देखाउनुको सट्टा ब्यालेन्सी सिटमा पुरानै चुक्तापुँजी राखेर प्रतिसेयर आम्दानी डेढ सय रुपैयाँ देखाएको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

नयाँ विवरणअनुसार लघुवित्तको प्रतिसेयर आम्दानी १ सय ८ रूपैयाँ ५० पैसा कायम भएको छ । यसअघि कम्पनीले प्रतिसेयर आम्दानी १ सय ४६ रूपैयाँ ४७ पैसा देखाएको थियो ।

कम्पनीले पुस २० गतेको वार्षिक साधारणसभामार्फत् ३५ प्रतिशत लाभांश पारित गरिसकेको छ । लघुवित्तको यसअघिको चुक्तापुँजी ६२ करोड ५५ लाख १९ हजार रुपैयाँ बढेर ८४ करोड ४४ लाख ५० हजार रुपैयाँ पुग्नुपर्ने भएपनि ब्यालेन्स सिटमा पुरानै चुक्तापुँजी देखाइएको थियो ।

पहिलो त्रैमास अन्त्यसम्म यस्तो ईपीएस ५६ रुपैयाँ ६७ पैसामात्र रहेकामा अस्वभाविक रूपमा ३ गुणाले बढेको थियो ।

नयाँ वित्तीय विवरणअनुसार लघुवित्तले चुक्तापुँजी ८४ करोड ४४ लाख ५० हजार रूपैयाँ नै देखाएको छ ।

चुक्तापुँजी सच्याएपछि बैंकको प्रतिसेयर नेटवर्थ २ सय ७७ रूपैयाँ ६४ पैसा र मूल्य आम्दानी अनुपात २०.१४ कायम भएको छ । यसअघि बैंकले यी दुई सूचकांक क्रमशः ३ सय ७४ रूपैयाँ ८२ पैसा र १४.९२ देखाएको थियो ।

यसबाहेक लघुवित्तको खुद ब्याज आम्दानी गत आवको पुस मसान्तको तुलनामा साढे १३ करोड रुपैयाँले बढेर ७३ करोड ८२ लाख रुपैयाँ पुग्दा खुद मुनाफा साढे २२ करोड रुपैयाँबाट ४५ करोड ८० लाख रुपैयाँ पुगेको छ ।

फर्वार्डले आफ्नो संस्थापक सेयर सर्वसाधारणमा परिणत गर्ने तयारी गरेको छ । त्यसैले बदमासी गरेको जानकारको बुझाई छ ।

गत आवको पुस मसान्तसम्म कम्पनीको ईपीएस ८९ रुपैयाँ ९३ पैसा थियो । गत आवको असार मसान्तसम्म ९१ रुपैयाँ ८७ पैसा रहेको कम्पनीको ईपीएस करिब डेढ सय रुपैयाँ कायम गरेर लगानीकर्ता झुक्याउने प्रयास गरेको थियो ।

यस विषयमा सिंहदरबारमा हिजै समाचार सम्प्रेषण भएको थियो । हिजैमात्र कम्पनीको सेयर मूल्यमा पोजिटिभ सर्किट लागेको थियो । आज पनि कम्पनीको सेयर मुल्य ७ प्रतिशतले बढिसकेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्