Shikhar Insurance
National Life

मौद्रिक नीतिको अर्द्धवार्षिक समीक्षा अघि चेम्बरको गुनासोः बेसरेटमा एक्कासी वृद्धि हुनाले व्यवसायी मारमा

सिंहदरबार संवाददाता
२०७८ माघ १६, आईतवार २०:५४
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले दोहोरो अंकको आर्थिक वृद्धिका लागि एकल व्याजदर कायम गरेर लगानी योग्य वातावरण बनाउनुपर्नेमा जोड दिएको छ । व्याजदर अस्वभाविक र अनियन्त्रित ढंगले बढ्दा नयाँ लगानी तथा ऋण लिएर उद्योग व्यवसाय गरेकालाई निकै समस्या भएको चेम्बर अफ कमर्सको ठहर छ । पछिल्लो समय तरलताको समस्या देखाएर व्याजदर वृद्धि भईरहेका बेला चेम्बर अफ कमर्सले नियामक निकाय राष्ट्र बैंकको ध्यानाकर्षण गराएको हो ।

मौद्रिक नीतिको अर्धवार्षिक समिक्षा अघि राष्ट्रवैंकलाई सात बुँदे सुझाव दिने क्रममा चेम्बरले एकल व्याजदर कायम गर्र्नुपर्ने बताएको हो । आगामी दिनमा दोहोरो अंकको आर्थिक वृद्धिका लागि एकल दरको व्याजदरको व्यवस्था गर्न ढिलाई गर्न नहुने चेम्बरको माग छ । गर्भनर महाप्रसाद अधिकारीलाई भर्चुअल रुपमा सुझाव दिने क्रममा यसअघि अध्यक्ष राजेन्द्र मल्लले आर्थिक वृद्धि र स्थायित्वका लागि पनि एकल व्याजदर कायम गरिनुपर्ने बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

वैंकहरुले आधार दरमै गरेको वृद्धि घटाउने पहल गर्न पनि चेम्बरले राष्ट्र बंैकसँग आग्रह गरेको छ । कोभिडको महामारीले प्रभावित अर्थतन्त्रको पुर्नउत्थानका लागि बैंकहरुले बेसरेटमा एक्कासी गरेको ३ देखि ४ प्रतिशतको वृद्धिले व्यवसायीहरुलाई समस्यामा पारेको चेम्बरको ठहर छ ।

घट्दो रेमिट्यान्स आप्रवाहसँगै उपभोग र अनौपचारिक अर्थतन्त्रमा वढी खर्च भईरहेको सन्र्दभमा उक्त रकमलाई वैङिकङ च्यानलमार्फत ल्याउन प्रोत्साहन गर्न पूर्वाधार विकास र जलविद्युत विकास एवं कुल ग्राहस्त उत्पादन जीडीपीमा टेवा पुग्ने क्षेत्रमा कम्तिमा ५ देखि १० प्रतिशत लगानी गर्ने वतावरण वनाउन आवश्यक रहेकोमा पनि चेम्बरले जोड दिएको छ ।

रेमिट्यान्समा १ प्रतिशत व्याज थप गर्ने राष्ट्रवैंकको नीतिको चेम्बरले स्वागत पनि गरेको छ । यसले रेमिट्यानको आप्रवाह थप बढ्ने चेम्बरले उल्लेख गरेको छ ।

मुलुकको अर्थतन्त्रलाई उकास्नका लागि आयतलाई व्यवस्थित गरि निर्यात प्रर्वद्धन गर्नै निती ल्याउन पनि चेम्बरले जोड दिएको छ । भन्सार विन्दुहरुमा कारोवार मुल्यलाई मान्यता दिनु अत्यन्तै आवश्यक रहेको चेम्बरले राष्ट्र बैंकलाई बुझाएको सात बुँदे सुझावमा उल्लेख छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्