काठमाडौं । हाइड्राइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसिएल) पनि वित्तीय संस्था बनेको छ । नेपाल राष्ट्र बैंकले एचआईडीसीएललाई बैंक तथा वित्तीय संस्थाको मान्यता दिएको हो ।
केन्द्रीय बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका अनुसार यही माघ ३ गते बसेको बैंक सञ्चालक समितिको बैठकले वित्तीय संस्थाको मान्यता दिएको हो । बैंक तथा वित्तीय संस्थाको ऋण असुली ऐन, २०५८ (संशोधनसहित) को दफा ३ (घ) बमोजिम कम्पनीलाई वित्तीय संस्थाको मान्यता दिइएको हो । २२ अर्ब चुक्तापुँजी भएको कम्पनीले विभिन्न जलविद्युत् आयोजनामा लगानी गरेको छ ।
प्रतिक्रिया दिनुहोस्