जुम्ला । सङ्कलन पुर्जी र छुट पुर्जी विना लैजाँदै गरेको जडीबुटी प्रहरीले नियन्त्रणमा लिएको छ । यहाँको पातारासी गाउँपालिका–३ उर्थुचौतारामा गढीगाउँदेखि सदरमुकाम खलङ्गातिर आउँदै गरेको जडीबुटी बोकेका दुई ट्रयाक्टर प्रहरीले नियन्त्रणमा लिएको हो ।
“जाँचका क्रममा सङ्कलन पुर्जी भेटिएको छैन”, जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले भने । “दुवै ट्रयाक्टरमा ल्याएको जडीबुटी नियन्त्रणमा लिएर आवश्यक कानुनी कारबाहीका लागि डिभिजन वन कार्यालयमा बुझाइएका छौँ ।”
पातारासी गाउँपालिका–७ बस्ने टेकेन्द्र बुढा र असल कठायतले ट्र्याक्टर चलाइरहेको अवस्थामा जडीबुटी नियन्त्रणमा लगिएको उनकाे भनाइ छ । जिल्ला प्रहरी कार्यालय जुम्लाका आुसार सङ्कलन पुर्जी तथा छुट पुर्जी विना लैजाँदै गरेको अवस्थामा प्रहरीले ४० क्विन्टल सेतक चिनी जडीबुटी नियन्त्रणमा लिएको छ ।
चालकसहित दुवै ट्रयाक्टरलाई आवश्यक कानुनी कारबाहीका लागि डिभिजन वन कार्यालय जुम्लामा बुझाइएकोे छ । ज्यान मार्ने उद्योगका फरार प्रतिवादी पक्राउ ज्यान मार्ने उद्योगका आरोपमा एक जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा तिला गाउँपालिका–४ सापुल्ली गाउँका टोपबहादुर शाहीका छोरा कलम शाही रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । जिल्ला अदालत जुम्लाबाट पाँच दिनको म्याद थप गराएर शाहीलाई हिरासत कक्षमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले बताए ।
प्रतिक्रिया दिनुहोस्