Shikhar Insurance
National Life

क्रिप्टोकरेन्सीले स्वदेशी पुँजी पलायन हुन्छ, सावधान ! विदेशमा बस्नेलाई पनि कारबाही हुन्छः नेपाल बैंकर्स संघ

सिंहदरबार संवाददाता
२०७८ माघ १२, बुधबार ११:५८
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल बैंकर्स संघले क्रिप्टो/भर्चुअल करेन्सी तथा नेटर्वक मार्केटिङ्ग कारोबार/व्यवसायले अवैधानिक तरिकाले रकम बाहिनई स्वदेशी पुँजी पलायन हुने बताएको छ । यस्तो कारोबार र व्यवसाय गैरकानूनी रहेको भन्ने सूचना सार्वजनिक गर्दै वाणिज्य बैंकहरुको छाता संगठनले कानूनी कारबाही बाट बच्न भएपनि यस्तो कारोबार नगर्न आह्वान गरेको छ ।

नेपालमा विदेशी विनिमय वा मुद्राका रुपमा क्रिप्टो/भर्चुअल करेन्सीले मान्यता नपाएको सन्दर्भमा क्रिप्टो/भर्चुअल तथा नेटर्वक मार्केटिङ्ग लगायतका गैरकानूनी वित्तीय औजारमा आवद्घ भई कारोबार गर्दा सर्वसाधारण ठगिने संघको दाबी छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

त्यस्ता कारोबार तथा व्यवसायमा संलग्न भई नेपाल भित्र बसोबास गर्ने नेपाली तथा विदेशी नागरिक र विदेशमा बस्ने नेपाली नागरिकहरु समेतले त्यस्तो कार्य गरेको पाइएमा प्रचलित कानून बमोजिम कारवाही हुने संघले जानकारी गराएको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्