Shikhar Insurance
National Life

अबैध क्रिप्टोकरेन्सीको कारोबारमा केपी ओलीका कार्यकर्ता, साढे ३७ करोडको मुद्धा

सिंहदरबार संवाददाता
२०७८ माघ ११, मंगलवार १९:३७
Hyundai
NCELL
NIMB

काठमाडौं । अबैध क्रिप्टो करेन्सीको कारोबारमा नेकपा(एमाले)का कार्यकर्ता मुछिएका छन् । केपी ओली नेतृत्वको एमालेका कार्यकर्ता दिनेश खड्काले अबैध क्रिप्टो करेन्सीको कारोबार गरेर करोडैं कमाएको तथ्य फेला परेपछि राजश्व अनुसन्धान विभागले मुद्धा हालेको हो ।

केहि समय अघि एमाले निकट अनेरास्ववियुको पशुपति क्याम्पस कमिटीमा खड्का सक्रिय थिए । क्रिप्टो करेन्सी कारोबारका मुख्य अभियुक्त खड्काका बुवा नर बहादुर खड्का नेकपा(एमाले)को १० औं महाधिवेशनमा कैलालीबाट प्रतिनिधी बनेका थिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

विभागले दिनेश खड्का, उनीकी दिदी भगवती खड्का, बुवा नर वहादुर खड्का र केटी साथी अनिता धिताल विरुद्ध ३७ करोड ६४ लाख ११ हजार एक सय रुपैयाँ बराबरको बिगोदावी सहित काठमाडौं जिल्ला अदालतमा मुद्धा हालेको हो ।

खड्काले ग्लोबल आइएमई बैंकबाट ९ करोड ७९ लाखभन्दा बढी रकम कारोबार गरेका थिए भने महिला साथी अनिता धितालको नामबाट लक्ष्मी बैंक मार्फत ५ करोड ७७ लाख कारोबार गरेका थिए । खड्काकी दिदी भगवती खड्काको नामले एनआइसी एसिया बैंकबाट २० करोड ४२ लाखको कारोबार भएको देखिन्छ ।

खड्काका बुबा तथा एमाले महाधिवेशन प्रतिनिधी नरबहादुर खड्काले ग्लोबल आइएमई बैंकबाट १ करोड ६४ लाख बराबरको कारोबार गरेको देखिन्छ । खड्काले मोबाइल भुक्तानी प्लाटफर्म इ–स्क्रिल र क्रिप्टोकरेन्सी कारोबार प्लाटफर्म बिनान्सबाट नेपाल पैसा भित्र्याउने गरेका थिए ।

खड्का विरुद्ध विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा ३ को उपदफा (१), दफा ४ को उपदफा (१), दफा ५ को उपदफा (१) र दफा १२ बमोजिम नेपाल राष्ट्र बैंकको मिति २०७४।०४।२९, २०७५।१२।२६ र २०७८।०५।२४ को सूचना समेतले निषेधित कसूर गरेको पुष्टि हुन आएपछि सोही ऐनको दफा १७ को उपदफा (१) बमोजिम बिगो जफत गरी सजाय हुन र दफा १७ को उपदफा (९) बमोजिम तीन वर्षसम्मको कैद सजायको मागदावी गर्दै मुद्धा हालिएको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्