Shikhar Insurance
National Life

गणेशमान स्मृति उद्यान निर्माणका लागि थप १ करोड सहयोग

सिंहदरबार संवाददाता
२०७८ माघ ८, शनिबार १७:१७
Hyundai
NCELL
NIMB

काठमाडौं। काठमाडौं  महानगरपालिकाले गणेशमान स्मृति उद्यान निर्माणका लागि नागार्जुन नगरपालिकालाई थप १ करोड उपलब्ध गराउने भएको छ ।

नगर साझेदारी कार्यक्रमअन्तर्गत महानगरपालिकाले नागार्जुन नगरपालिका–६ डाँडा पौवामा निर्माणाधिन सो उद्यानका लागि थप रु एक करोड उपलब्ध गराउने भएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कामपाले उक्त उद्यान निर्माणका लागि यसअघि नै रु एक करोड प्रदान गरिसकेको छ ।कामपाले एकीकृत विकास कार्यक्रम सञ्चालन गरी उपत्यकालाई समृद्ध सहरका रुपमा विकास गर्न काठमाडौँ उपत्यकाका सबै नगरलाई उद्यान निर्माण तथा हरियाली प्रवद्र्धन कार्यक्रममा सहयोग गर्दै आएको छ ।

महानगरको सहयोगमा काठमाडौँ उपत्यकाका १० नगरमध्ये आठ वटामा उद्यान तथा हरियाली प्रवद्र्धनका लागि र दुई वटामा धाम निर्माणका लागि काम गरिरहेका छन् ।यसअघि नै भएको सम्झौताअनुसार कीतिपुर नगरपालिका–१, २ र १० क्षेत्र समेट्ने गरी युद्ध स्मारक उद्यान निर्माण गरिरहेको छ ।

कामपाबाट प्राप्त सहयोगबाट शङ्खरापुर नगरपालिकाले वडा नं ९ बज्रयोगिनी मन्दिर क्षेत्रमा हरित उद्यान निर्माण गर्दैछ ।त्यसैगरी कामपाकै आर्थिक सहयोगमा कागेश्वरी मनोहरा नगरपालिका–१ स्थित प्रसिद्ध कागेश्वरी मन्दिर र त्यस वरिपरिको क्षेत्रलाई समेटेर प्रसिद्ध कागेश्वरी धाम निर्माण गरिरहेको छ ।

गोकर्णेश्वर नगरपालिकाले वडा नं ९ जगडोलस्थित राष्ट्रिय सहिद तथा शान्ति उद्यान क्षेत्रभित्र गोकर्णेश्वर उद्यान निर्माण गर्दैछ ।त्यस्तै बूढानीलकण्ठ नगरपालिकाद्वारा वडा नं ८ हात्तीगौडामा निर्माणाधिन बूढानीलकण्ठ उद्यानका लागि पनि कामपाले सहयोग गरेको छ ।

टोखा नगरपालिका–१ बौडेश्वर महादेव क्षेत्रको गुरुयोजनाभित्र समेटिएको बालउद्यान निर्माणमा कामपाको सहयोग छ ।तारकेश्वर नगरपालिकामा कामपाको सहयोगबाट वडा नं ३ धाम क्षेत्रमा तारकेश्वर धाम, नागार्जुन नगरपालिका–६ डाँडापौवामा गणेशमान स्मृति उद्यान, चन्द्रागिरि नगरपालिका–१३ कङ्काली मन्दिर क्षेत्रमा मदन भण्डारी उद्यानको निर्माणमा पनि कामपाले सहयोग गरेको छ ।

कामपाकै आर्थिक सहयोगमा दक्षिणकाली नगरपालिकास्थित दक्षिणकाली मन्दिर क्षेत्रको निर्माण र संरचनागत व्यवस्थापनका काम भइरहेको छ । मध्यपुरथिमि नगरपालिकाले शङ्खधर उद्यानको पहिलो चरणको काम सम्पन्न गरिसकेको छ ।त्यसमा पनि कामपाको सहयोग रहेको बताइएको छ ।

यसरी काठमाडौँ उपत्यका बाहिर भगिनी सम्बन्ध स्थापना गरिएका हरेक नगरलाई पार्क निर्माणकै लागि कामपाले रु एक करोड ५० लाख उपलब्ध गराएको छ ।यसरी सहयोग गरिएका नगरपालिकामा धनकुटाको पाख्रीबास, नवलपरासी (बर्दाघाट सुस्तापश्चिम) को रामग्राम, डडेल्धुराको अमरगढी, सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका र जुम्लाको चन्दननाथ नगरपालिका छन् ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्