Shikhar Insurance
National Life

अर्बपति क्लबमा सिटिजन्स बैंक, खुद ब्याज आम्दानीले नाफा बढायो

सिंहदरबार संवाददाता
२०७८ माघ ७, शुक्रबार ०८:३०
Hyundai
NCELL
NIMB

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल ६ महिनामै अर्ब पति क्लबमा प्रवेश गरेको छ । बैंकले चालु आर्थिक वर्षको ६ महिनामा १ अर्ब २३ करोड रूपैयाँ नाफा गरेको हो जुन गत आवको यही अवधिभन्दा ३६ करोड रूपैयाँ बढी हो ।

बैंकले गत वर्षको पुस मसान्तसम्म ८७ करोड ५१ लाख रूपैयाँ रूपैयाँ खुद मुनाफा गरेको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बैंकले सार्वजनिक गरेको चालु आवको पुस मसान्तसम्मको वित्तीय विवरण अनुसार बैंकको वितरणयोग्य मुनाफा ७४ करोड ५९ लाख रूपैयाँ छ ।

बैंकको ईपीएस १७.४५ रूपैयाँ कायम भएको छ । यस्तै पीई रेसियो १७.३३ रहेको बैंकले जनाएको छ । बैंकको प्रतिसेयर नेटवर्थ १३८.४८ रूपैयाँ छ ।

बैंकले २ अर्ब ३९ करोड रूपैयाँ बराबरको खुद ब्याज आम्दानी गरेको छ जुन अघिल्लो वर्षको पुस मसान्तसम्म १ अर्ब ६१ करोड रूपैयाँ थियो । बैंकको कस्ट अफ फन्ड र बेस रेट बढेको छ भने खराब कर्जा र ब्याजदर स्प्रेड कम भएको छ । वित्तीय विवरणअनुसार कस्ट अफ फन्ड, बेस रेट, खराब कर्जा र ब्याजदर स्प्रेड क्रमशः ७.०५, ९.०८, १.८७ र ३.११ प्रतिशत छन् ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्