Shikhar Insurance
National Life

नबिलले एक्वायर गर्न लागेको एनबीको ईपीएस घटेपछि पीई रेसियो दोब्बर, ६ महिनामा यस्तो प्रगति

सिंहदरबार संवाददाता
२०७८ माघ ७, शुक्रबार ०७:१४
Hyundai
NCELL
NIMB

काठमाडौं । नबिल बैंकले एक्वायर गर्न लागेको नेपाल बंगलादेश बैंकले चालु आर्थिक वर्षको ६ महिना ८१ करोड ११ लाख रूपैयाँ खुद मुनाफा गरेको छ । बैंकले गत आवको पुस मसान्तभन्दा १३ करोड रूपैयाँ कम नाफा गरेको हो ।

बैंकले सार्वजनिक गरेको चालु आवको वित्तीय विवरण अनुसार बैंकको वितरणयोग्य मुनाफा ४९ करोड ३२ लाख रूपैयाँ छ । जुन अघिल्लो आवको भन्दा ३ करोड बढी हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बैंकको ईपीएस पनि घटेको छ । गत पुस मसान्तसम्म २२.१६ रूपैयाँ रहेको प्रतिसेयर आम्दानी १६.०९ कायम भएको छ । यस्तै पीई रेसियो २४.८ रहेको बैंकले जनाएको छ जुन अघिल्लो आवको पुस मसान्तभन्दा दोब्बर हो । बैंकको प्रतिसेय नेटवर्थ १५७.१८ रूपैयाँ छ ।

खुद ब्याज आम्दानी नबढ्दा बैंकको नाफा घटेको हो । बैंकले यस्तो आम्दानी १ अर्ब २७ करोड बराबरको गरेको छ । बैंकको कस्ट अफ फन्ड र बेस रेट बढेका छन् भने ब्याजदर स्प्रेड २.५१ प्रतिशतमा खुम्चिएको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्