Shikhar Insurance
National Life

निगमको निमित्त प्रमुखमा ई. सुशील भट्टराई

सिंहदरबार संवाददाता
२०७८ माघ ५, बुधबार २०:४१
Hyundai
NCELL
NIMB

काठकाडौं । इन्जिनियर सुशील भट्टराई नेपाल आयल निगमको निमित्त प्रमुख बनेका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले उनलाई निगममा कार्यकारी निर्देशक नियुक्त नहुँदासम्मका लागि नेतृत्वको जिम्मा दिएको हो ।

सुरेन्द्र कुमार पौडेलको कार्यकाल पुस २३ गते सकिएदेखि निगम नेतृत्व पद रिक्त छ । नियमित कामकाजका लागि वरिष्ठ नायव कार्यकारी निर्देशक भट्टराईलाई निमित्तको जिम्मेवारी दिइएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

आफूले आजैमात्र निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी पाएको फाइल प्राप्त गरेको भट्टराईले सिंहदरबारलाई जानकारी दिए । निगममा पौडेले आउनु पूर्व पनि भट्टराई लामो समय निमित्त कार्यकारी प्रमुख थिए ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्