काँकडभिट्टा । चालू आर्थिक वर्षको ६ महिनामा मेची भन्सार कार्यालय काँकडभिट्टाले ७ अर्ब ९८ करोड ६५ लाख ५९ हजार राजस्व सङ्कलन गरेको छ ।
आर्थिक वर्ष २०७८/७९ को साउनदेखि पुस मसान्तसम्ममा ७ अर्ब ३८ करोड ८६ लाख २४ हजार लक्ष्य लिएकोमा कार्यालयका अनुसार १०८ दशमलव ९ प्रतिशत राजस्व असुल्न सफल भएको हो ।
पूर्वी नाकाबाट भित्रिने पेट्रोलियम पदार्थका कारण भन्सारको राजस्व असुलीमा समेत उल्लेख्य प्रगति भएको प्रमुख भन्सार अधिकृत केशवराज ओलीले बताए ।
मेची भन्सार कार्यालय काँकडभिट्टाको कूल राजस्वको ४० प्रतिशत बढी राजस्व पेट्रोलियम पदार्थले ओगटेको छ भने बाँकी ६० प्रतिशत अन्यले ओगटेको उनकाे भनाइ छ ।
कार्यालयलाई भन्सार विभागले १५ अर्ब ४५ करोड ४७ लाख ८७ हजार वार्षिक राजस्वको लक्ष्य दिइएको छ । उनले वार्षिक लक्ष्यको तुलनामा ६ महिनामा ५१ दशमलव ६८ प्रतिशत राजस्व असुली भएको जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्