Shikhar Insurance
National Life

एनआईसी एशिया–वर्ल्डरेमिट साझेदारीः मलेसियाबाट सीधै आफन्तको बैंक खातामा पैसा पठाउन सकिने

सिंहदरबार संवाददाता
२०७८ माघ २, आईतवार १७:५२
Hyundai
NCELL
NIMB

काठमाडौं । अबदेखि मलेसियाबाट सीधै आफन्तको बैंकखातामा पैसा पठाउन सकिने भएको छ । दक्षिणपूर्वी एशियाली देश मलेसियाबाट समेत वर्ल्डरेमिटमार्फत नेपालका जुनसुकै बैंक खाता तथा जुनसुकै स्थानमा तुरुन्त रकम पठाउन सकिने गरी एनआईसी एशिया र वर्ल्डरेमिटबीच साझेदारी भएको हो ।

यसबाट मलेसियामा बस्दै आएका नेपालीले बिना झन्झट वर्ल्डरेमिटको एप वा वेबसाइटको प्रयोग गरी नेपालका कुनै पनि बैंक खातामा अनलाइनमार्फत तुरुन्त रकम पठाउन सक्नेछन् । यसका अलावा विदेशबाट आफुले इच्छाएको व्यक्तिको नाममा रेमिट्यान्स पठाई देशभर छरिएर रहेका यस बैंकका १२ हजार भन्दा बढी रेमिट्यान्स एजेन्टहरूमार्फत सहज रुपमा नगद बुझन सकिने व्यवस्था समेत रहेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

अहिले विश्वका ५० भन्दा बढी मुलुकहरूबाट नेपालका जुनसुकै बैंक खाता तथा जुनसुकै स्थानमा सहजै रकम पठाउन सकिने गरी एनआईसी एशिया बैंक र वर्ल्डरेमिट बीच रणनीतिक साझेदारी भैरहेकोमा छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्