Shikhar Insurance
National Life

सिटिजन लाइफको ब्राण्ड एम्बेसेडरमा महजोडीको निरन्तरता

सिंहदरबार संवाददाता
२०७८ माघ २, आईतवार १७:३८
Hyundai
NCELL
NIMB

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले कम्पनीको सद्भावना दुत (ब्राण्ड एम्बेसेडर) मा मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी)सँगको सम्झौतालाई निरन्तरता दिएको छ । कम्पनीको स्थापनाकाल देखी नै ब्राण्ड एम्बेसेडरको रुपमा महजोडी सिटिजन लाइफसँग आवद्ध थिए ।

सम्झौता पत्रमा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेल, प्रमुख बजार व्यवस्थापन अधिकृत भुषण रिमाल साथै मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यको हस्ताक्षर रहेको छ । यस सम्झौतापछि ब्राण्ड एम्बेसडर महजोडीले सिटिजन लाइफका सेवाहरुको प्रचारात्मक कार्य, ब्राण्ड प्रबद्र्धन तथा ब्राण्ड संरक्षण सम्बन्धी कार्यहरुमा निरन्तरता दिनेछन ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

हस्ताक्षर समारोहमा कलाकारद्वय श्रेष्ठ र आचार्यले नेपालीहरुको जीवन बीमा गराएर उनीहरुको जीवन सुनिश्चित गरि पुण्यको काम गर्ने, सरल तथा सुलभ सेवा पु¥याउन र नवीनतम योजनाहरु ल्याउन सदैव अग्रणीे सिटिजन लाइफ इन्स्योरेन्स जस्तो संस्थाको ब्राण्ड एम्बेसेडर हुन पाएकोमा आफूहरुले गौरवान्वित महशुस गरिरहेको बताउँदै जीवन बीमा सेवालाई हरेक नेपालीको पहुंचमा पु¥याई सबैभन्दा विश्वासिलोे र ग्राहकवर्गको पहिलो रोजाइको जीवन बीमा कम्पनी बन्ने उद्धेश्यमा सधैँ साथ दिने प्रतिवद्धता जनाए ।

कम्पनीले व्यवसायिक करोवार शुरुवात गरेको छोटो समयमानै देशभर स्थापना गरिएका १४० भन्दा बढी शाखा र उपशाखा कार्यालयहरु मार्फत आधुनिक प्रविधिको प्रयोग गरी ग्राहकवर्गलाई गुणस्तरीय सेवा प्रदान गरिरहेको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्