Shikhar Insurance
National Life

सरकारले भन्योः लिम्पियाधुरा, लिपुलेक र कालापानी हाम्रो हो, सडक निर्माण रोक्नु

सिंहदरबार संवाददाता
२०७८ माघ २, आईतवार १७:०८
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल सरकारले महाकाली नदि पूर्वको लिम्पियाधुरा, लिपुलेक र कालापानी आफ्नो भूमि भएको बताउँदै त्यहाँ जारी सडक निर्माण रोक्न भारतसँग आग्रह गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लिम्पियाधुरा, लिपुलेक र कालापानीमा सडक निर्माणको काम भैरहेको बताएका थिए ।

भारतीय प्रधानमन्त्रीको अभिव्यक्तिपछि नेपाल सरकारले आफ्नो धारणा राख्दै त्यस्तो सडक निर्माण रोक्न भनेको हो । आइतबार सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग भएको बताएका हुन् । साथै नेपाली भूभाग भएर जाने कुनै किसिमको एकपक्षीय सडक निर्माण र विस्तार रोक्न भारतलाई आग्रह गर्दै आएको उनले बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

मन्त्री कार्कीले दुई देशको सीमा समस्याको समाधान ऐतिहासिक तथ्य, प्रमाणका आधारमा कूटनीतिक माध्यमबाट गर्न सरकार प्रतिबद्ध रहेको समेत बताएका छन् ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्