काठमाडाैं । देशभर पछिल्लो २४ घण्टामा थप पाँच हजार ८७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा २० हजार ५६० जनाको नमूना परीक्षण गरिएको थियो । तेह्र हजार ४७४ जनाले पिसिआर सात हजार ८६ जनाको एन्टिजीन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
गत २४ घण्टामा ३०६ जना कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । यससँगै सङ्क्रमण मुक्त हुनेको सङ्ख्या आठ लाख १५ हजार ६५३ पुगेको छ । यो दर ९६ दशमलव पाँच प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
नेपालमा पिसीआर विधिबाट कोरोना परीक्षण गरिँदा आठ लाख ४५ हजार ५०१ र एन्टिजेन विधिबाट परीक्षण गरिँदा एक लाख १०८ जना सङ्क्रमित भएको मन्त्रालयले जनाएको छ । पिसिआर विधिबाट परीक्षण गर्नेको सङ्ख्या ४९ लाख ८१ हजार २६० र एन्टिजेन विधिबाट परीक्षण गर्नेको सङ्ख्या आठ लाख ८० हजार ८८२ पुगेको छ । कुलमा सङक्रमण दर १७ प्रतिशत छ ।
प्रतिक्रिया दिनुहोस्