Shikhar Insurance
National Life

राष्ट्र बैंकले चलनचल्तीमा ल्यायो चुच्चे नक्सासहितको २ रूपैयाँको नयाँ सिक्का

सिंहदरबार संवाददाता
२०७८ पुष ३०, शुक्रबार १४:१३
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपालको चुच्चे नक्सा भएको २ रुपैयाँको नयाँ सिक्का चलनचल्तीमा ल्याएको छ । केन्द्रीय बैंकले साविककै आकार र सुनौलो रंगमा टकमारी गरिएको २०७७ साल लेखिएको दुई रुपैयाँको सिक्का बजारमा पठाएको हो ।
सिक्कामा गत वर्ष प्रचलनमा ल्याइएको नेपालको नयाँ नक्सा समावेश छ । सिक्काको बीच भागमा सात प्रदेशसहितको नेपालको नक्सा छ ।

सिक्काको अग्रभागमा वृत्ताकार घेराभित्र वरिपरि ६४ वटा थोप्ला छन् । सिक्काको माथिल्लो भागमा अंग्रेजीमा Rs. TWO र तल्लो भागमा देवनागरी लिपिमा २ रुपैयाँ लेखिएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

नेपालको नक्साको ठीक माथिपट्टि दायाँतर्फ फरक क्षमता भएका दृष्टिविहीन हरुले स्पर्श गरेर सिक्काको दर पहिचान गर्न सक्ने दुईवटा थोप्ला छन् ।

सिक्काको पछाडिको भागमा पनि वृत्ताकार घेराभित्र वरिपरि ६४ वटा थोप्ला छन् । आठ थोप्ला सहितको वृत्ताकार चित्र र सोभित्र वर्गाकार आकृतिको बाहिरपट्टि वरिपरि चन्द्र, सूर्य, चक्र, शंख, पद्म, गदाको आकृति छन् ।

पछाडिको बीच भागमा जानकी मन्दिरको आकृति छ र सो आकृतिको मुनि देवनागरी लिपिमा जानकारी मन्दिर लेखिएको छ ।

यस्तै माथिल्लो भागमा देवनागरी लिपिमा नेपाल र तल्लो भागमा २०७७ लेखिएको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्