Skip to content
Shikhar Insurance
National Life

नबिलसँग गाभिने निर्णय गर्दै नेपाल बंगलादेश बैंकले गरायो नेप्सेलाई जानकारी, राष्ट्र बैंकमा भोलि निवेदन

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल बंगलादेश बैंकले नबिल बैंकसँग मर्जरमा जाने निर्णय गरेको छ । बिहीबार बसेको सञ्चालक समितिको वैठकले बैंक नबिलमा गाभिने निर्णय गरेको हो ।

नबिल बैंकको सञ्चालक समितिद्वारा नेपाल बंगलादेशलाई प्राप्ति गर्ने निर्णय

“नबिलसँग मर्जमा जाने निर्णय भएको छ,” बैंकको एक सञ्चालकले सिंहदरबारसँग भने, “अब नबिलले जहाँ बोलाउँछ त्यहीँ गएर सम्झौतापत्रमा हस्ताक्षर गर्ने छौं ।”

यसअघि नबिल बैंकको सञ्चालक समितिले पनि नेपाल बंगलादेश बैंकलाई प्राप्ति गर्ने निर्णय गरिसकेको छ । बिहीबारै एनबीको सञ्चालक समितिले मर्जरबारे निर्णय नेप्सेलाई जानकारी गराइएको ती सञ्चालकले बताए ।

ती सञ्चालकका अनुसार मर्जरबारेको निर्णय नेपाल राष्ट्र बैंकलाई शुक्रबार जानकारी गराइने छ । नबिल बैंकले १००:४३ को अनुपातमा एनबीलाई एक्वायर गर्नेगरी एनबी तयार भएको ती सञ्चालकको भनाइ छ ।

एनबी बैंकलाई नबिल ४३ रुपैयाँमा खरिद गर्दै, आज साँझ ४ बजेपछि एमओयू !

GBIME

प्रतिक्रिया दिनुहोस्