Shikhar Insurance
National Life

पुस मसान्त चटारो : ३८ कम्पनीको साधारणसभा मेला, कुन कम्पनीले कति लाभांश लगानीकर्ताको खातामा पठाउँदै ?

सिंहदरबार संवाददाता
२०७८ पुष २९, बिहीबार ११:४४
Hyundai
NCELL
NIMB

काठमाडौं । पुसको अन्तिम २ दिनमा कम्पनीहरुलाई वार्षिक साधारण सभा सम्पन्न गर्नु पर्ने चटारो छ । पुसको अन्तिम २ दिन मै ३८ वटा कम्पनीले वार्षिक साधारण सभा बोलाई लाभांश वितरणको मेला लगाइ रहेका छन् ।

आर्थिक वर्ष सम्पन्न भएको ६ महिनाभित्रै वार्षिक साधारण सभा सम्पन्न गर्नु पर्नेछ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सोही अनुसार नेप्सेमा सूचीकृत ३८ वटा कम्पनीहरुले नै पुसको अन्तिम २ दिनमा साधारण सभा सम्पन्न गर्दैछन् । जसमध्ये १६ वटा कम्पनीले आज र २२ वटाले भोलि कम्पनीको साधारण सभा बोलाएका छन् ।

आज र भोलि नै वार्षिकसाधारण सभा बोलाउनेमा ११ वटा बैंक, ९ वटा फाइनान्स, ६ वटा हाइड्रोपावर, ९ वटा लघुवित्त एक इन्स्योरेन्स कम्पनी र एक अन्य समुहका कम्पनी छन् । यी कम्पनीहरुको वार्षिक साधारण सभाले गत आवको सञ्चित मुनाफाबाट घोषित लाभांश पारित गरी लगानीकर्ताको खातामा जानेछ ।

तर, यी मध्ये केही कम्पनीहरुको वार्षिक साधारण बोलाएपनि लगानीकर्ताको लागि लाभांश दिने छैनन् । पुस २९ गते वार्षिक साधारण सभा सम्पन्न गर्ने १६ कम्पनीहरुमा ९ वटा कम्पनीको लगानीकर्ताले मात्र लाभांश पाउनेछन् । भने ५ वटा कम्पनीले लाभांश घोषणा नगरेको हुँदा साधारण सभा सम्पन्न भएपनि लगानीकर्ताले लाभांश भने पाउँदैनन् ।

पुस २९ गते साधारण सभा बोलाइ लाभांश वितरण गर्ने कम्पनीहरुमा कृषि विकास बैंक २१.०५ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकले ३० प्रतिशत, एनआरएन इन्फास्ट्रक्चरले ५.२६, एनसीसी बैंक, ८.४२ प्रतिशत, मिथिला लघुवित्त २६.३२ प्रतिशत, मञ्जुश्री फाइनान्स ४६ प्रतिशत, गुडविल फाइनान्सले १२.१० प्रतिशत, गुहेश्वरी मर्चेन्ट बैंकिङले १०.५३ प्रतिशत र श्री इन्भेष्टमेन्ट फाइनान्सले ११ प्रतिशत लाभांश पारित गरी वितरण गर्दैछन् । लाभांश वितरण नगर्नेमा नारायणी डेभलपमेन्ट बैंक, वरुण हाइड्रो पावर, माउन्टेन हाइड्रो पावर,मानुषी लघुवित्त, मिरमिरे लघुवित्त, सामुदायिक लघुवित्त र चन्द्रगिरी हिल्स हुन् ।

यस्तै, पुसको ३० गते २२ वटा कम्पनीहरुले वार्षिक साधारण सभा बोलाएका छन् । जसमध्ये १५ वटाको साधारण सभाले लाभांश पारित गर्दै छ भने, ७ वटा कम्पनीले गत आवको नाफाबाट लाभांश वितरण गरेका छैनन् ।

पुसको अन्तिम दिन ३० गते साधारण सभा गरी लाभांश लगानीकर्ताको खातामा पठाउने कम्पनीहरुमा बैंकिङतर्फ नबिल ३८ प्रतिशत। सिद्धार्थ १५ प्रतिशत, हिमालयन २६ प्रतिशत, सिभिल ५.२६ प्रतिशत र सेञ्चुरी बैंकले ६.०५ प्रतिशत पारित गर्दै छन् । कर्पोरेट डेभलपमेन्ट बैंकले लाभांश घोषणा गरेको थिएन ।

यस्तै, जनउत्थान लघुवित्तले २६.३१ प्रतिशत, कालीका पावरले १५.७८, मल्टिपर्पस फाइनान्सले १३.६८, फरवार्ड माइक्राले ४१, रिलायन्स फाइनान्सले १५.७९, पोखरा फाइनान्सले ८.५, आरएमडीसी लघुवित्तले २५, कालीका लघुवित्तले १३, आँधखोला लघुवित्तले २०, सेन्ट्रल फाइनान्सले ११ प्रतिशत लाभांश दिनेछन् ।

लाभांश घोषणा नगरी साधारणसभा आयोजना गर्नेहरु समृद्धि फाइनान्स, कर्पोरेट डेभलपमेन्ट बैंक, सानिमा जनरल इन्स्यारेन्स, मैलुङ खोला जलविद्युत, छ्याङदी हाइड्रो, खानी खोला हाइड्रो, हिमालयन पावर पार्टनर, हुन् ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्