Skip to content
Shikhar Insurance
National Life

एनबी बैंकलाई नबिल ४३ रुपैयाँमा खरिद गर्दै, आज साँझ ४ बजेपछि एमओयू !

Hyundai
NCELL
NIMB

काठमाडौं । नबिल बैंकले नेपाल बंगलादेश (एनबी) बैंकलाई ४३ रुपैयाँमा खरिद गर्ने भएको छ । बिहिबार साँझ ४ बजेपछि नबिल बैंकको प्रधान कार्यालयमा प्रारम्भिक सम्झौता गर्ने गरी नबिल बैंकले एनबी बैंकलाई प्राप्ति गर्ने भएको हो ।

दुवै बैंकको मर्जर कमिटीले एमओयूको सम्पूर्ण प्रक्रिया सम्पन्न गरिसकेको र प्राप्ति हुने प्रस्ताव सञ्चालक समितिले पास गरेपछि हस्ताक्षर गरिने एनबी बैंकका एक सञ्चालकले सिंहदरबारलाई बताए ।

‘३ बजे हाम्रो बोर्ड बस्छ, बोर्डले पास गरेपछि सायद ४ बजेपछि नबिल बैंकमै एमओयू हस्ताक्षर कार्यक्रम राखिएको छ,’ एनबी बैंकका ती सञ्चालकले भने, ‘स्वाप रेसियो १००ः४३ तय भइसकेको हुँदा सोही स्वाप अनुपातमा नबिलसँग आजै साँझ प्राप्तिको सम्झौता हुन्छ ।’

शुक्रबार नबिल बैंकको साधारणसभा भएको हुँदा एमओयू हस्ताक्षरको काम आजै सम्पन्न गर्ने निर्णय गरिएको उनको भनाइ छ ।

‘बोर्ड बैठकमा मुख्य परिवर्तन गरिने निर्णय केही भएमा मात्र एमओयू हस्ताक्षरको काम स्थगित हुन सक्छ, अन्यथा लगभग सबै निश्चित भइसकेको छ,’ ती सञ्चालकले भने ।

एनबी बैंकमा रहेको आईएफआईसी बैंकको सेयर सम्बन्धी काठमाडौं जिल्ला अदातलले दिएको आदेशको पालना गर्दै प्राप्ति प्रक्रियालाई अघि बढाइएको स्रोतको भनाइ छ ।

‘दुगड समूह राष्ट्र बैंकको फिट एन्ड प्रपर टेस्टमा पास नभएपछि चौधरी समुहले सेयर खरिद गर्ने सम्झौता भएको हो, अदातलले सेयर बिक्री नै रोक लगाएको होइन, छानबिनका लागि केही समय स्थगित गरेको हो । त्यसले मर्जर प्रक्रियालाई केही असर गर्दैन,’ स्रोतले भन्यो ।

GBIME

प्रतिक्रिया दिनुहोस्