Shikhar Insurance
National Life

अदालतको आदेश : नेपाल बंगलादेश बैंकको सेयर नबेच

सिंहदरबार संवाददाता
२०७८ पुष २८, बुधबार १६:२६
Hyundai
NCELL
NIMB

काठमाडौं । काठमाडौं जिल्ला अदालतले नेपाल बंगलादेश बैंकमा रहेको आईएफआसी बैंकको सेयर बेच्न रोक लगाएको छ । सनराइज बैंकका अध्यक्ष तथा एमभी दुगडका अध्यक्ष मोतीलाल दुगडले हालेको मुद्दामा आदेश दिँदै एनबीमा रहेको आईएफआसीको सेयर लगानी (स्वामित्व) नबेच्न भनेको हो ।

आईएफआईसीले डिसेम्बर ३० मा एनबीमा रहेको सेयर बेच्न खरिदकर्तासँग सम्झौता भएको जानकारी दिएको थियो । उक्त सेयर नबील बैंकका लगानीकर्ता चौधरी ग्रुपका अध्यक्ष बिनोद चौधरीकी श्रीमती सारिकाले किन्ने सहमति भएको बताइएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यो सहमतिको विरूद्धमा दुगड अदालत पुगेका थिए । दुगडले गत अप्रिलमा एनबी बैंकको संस्थापक सेयर प्रतिकित्ता १५७ रूपैयाँमा किन्ने सहमति गरेका थिए । त्यसयता चुपचाप बसेर आईएफआईसीले सुटुक्क चौधरीलाई सेयर बेच्ने कुरो अघि बढेको थियो ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश रामचन्द्र पौडेलको एक इजालासले एनबी बैंकको नाममा आदेश जारी गर्दै सेयर बेच्ने काम रोक्न आदेश दिएको छ । यसैगरी ७ दिनभित्रै किन नरोक्नुपर्नु हो भन्ने जवाफ दिन विपक्षी नेपाली र बंगलादेशी बैंक तथा नेपाल राष्ट्र बैंकलाई काठमाडौं जिल्ला अदालतको आदेश छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्