Shikhar Insurance
National Life

१४ अर्बको आईपीओ, ३० अर्ब विदेशी लगानी ल्याएर निगम चलाउने योजना थियोः पौडेल

सिंहदरबार संवाददाता
२०७८ पुष २७, मंगलवार ०९:३५
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल वायुसेवा निगमका निवर्तमान महाप्रबन्धक डिम प्रकाश पौडेलले १४ अर्बको आईपीओ र ३० अर्ब विदेशी लगानी ल्याएर निगम चलाउने तयारी भैरहेका बेला आफुलाई सरुवा गरिएको बताएका छन् । निगम महाप्रबन्धकबाट पर्यटन मन्त्रालय हाजिर गराईएका पौडेलले आफ्नो नेतृत्वमा निगमको व्यवसायीक योजना बनाएको बताए । सो योजना अनुसार ३० अर्ब रुपैँया विदेशी लगानी वा सफ्ट लोन ल्याउने, १४ अर्बको आईपीओ जारी गर्ने कुरा समेटिएको पनि उनले बताए ।

सोही योजनाको विश्वासमा अर्थ मन्त्रालयले निगमललाई ६ अर्ब ३४ करोड लगानी थप गर्न तयार भएको दावी पनि उनले गरेका छन् । ४४ अर्ब रुपैँया पुँजी जुटाएर निगमलाई ऋण मुक्त गर्दै प्रतिष्पर्धी कम्पनीका रुपमा अघि बढाउने योजना कार्यान्वयनको डिलमै पुगेका बेला कर्मचारीहरुको आन्दोलनका नाममा आफुलाई हटाईएको आरोप पनि उनले लगाएका छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

आफुले निगमको खर्च ३४ प्रतिशतले घटाएको, कर्मचारीहरुमा अनुशासन कायम गराएको, उडान संख्या र यात्रुसेवाको हिसावले १ नम्बर बायुसेवा प्रदायक कम्पनी बनाएको दावी पनि गरेका छन् । आफुलाई कर्मचारी आन्दोलन चर्काएर विस्थापित गरिएको र अब निगम बिघटन उन्मुख भैसकेको निष्कर्ष पनि सुनाएका छन् । ‘कर्मचारी उचालेर आन्दोलनको जुन नाटक मन्चन गरियो र सक्षम नेतृत्व लाई बिश्थापित गर्न जे जे झुट फैलाईयो, त्यसैको परिणाम आज निगम बिघटोन्मुख अवस्थामा पुगेको छ ।’, पौडेलले भनेका छन् ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्