काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक तीब्र गतिमा उकालो लागिरेको छ । ७ दिन अघि २५ सय अंकमा रहेको नेप्से परिसूचक एक सातामा करिब ३०० अंकले बढिसकको छ ।
हिजो सोमबार पनि नेप्से दोहोरो अङ्कले उकालो लागेको थियो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से २७८४.९५ अंकमा पुगेको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ५२२.५३ मा पुगेको छ ।
बजारमा ७ अर्ब रूपैयाँको सेयर किनबेच हुन थालेको छ । बैंकिङ प्रणालीमा पैसा जम्मा भएको र कोरोनाका कारण अन्य आर्थिक गतिविधि रोकिने अनुमानले सेयर बजारमा लगानी बढ्दो छ ।
नप्से बढिरहनाले लगानीकर्ताहरूमा कन्फिडेन्स बढेको छ । यसरी रकेट गतिमा अघि बढिरहको सेयर बजारमा मंगलबार के होला भन्ने चाखको विषय हुनेछ ।
प्रतिक्रिया दिनुहोस्