Shikhar Insurance
National Life

ग्राहकलाई पटकपटक ब्यालेन्स लोड गर्नुपर्ने झन्झटबाट मुक्ति दिलाउन कामना सेवाद्वारा मोको एपसँग साझेदारी

सिंहदरबार संवाददाता
२०७८ पुष २६, सोमबार २१:०६
Hyundai
NCELL
NIMB

काठमाडौं । कामना सेवा विकास बैंक र मोको एप बिच फोकसवान पेमेन्ट सोल्युसन्सको डिजिटल वालेट सुविधा आदान प्रदान गर्ने गरी साझेदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । उक्त साझेदारी पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र फोकसवान पेमेन्ट सोल्युसन्सका प्रमुख कार्यकारी अधिकृत प्रणय राजभण्डारीले संयुक्त रुपमा हस्ताक्षर गरे ।

मोको एप नेपालमा पहिलोे ‘ओपन लुप नन–स्टोर भ्यालु’ डिजिटल वालेट हो जसमा ग्राहकहरूले सजिलै आफ्नो कार्डको विवरण राखी तुरुन्तै क्यूआर कोडको माध्यमबाट विभिन्न मर्चेन्ट आउटलेटहरूमा पेमेन्ट गर्न सक्नेछन् । कामना सेवा विकास बैंक लिमिटेडका भिसा कार्ड प्रयोगकर्ताहरूले अब मोको एपमा आफ्नो डेबिट कार्ड लिंक गरी खरिद तथा विभिन्न सेवाहरूको भुक्तानीको लागि प्रयोग गर्न सक्नेछन् – जस्तै टेलिकम टप–अप, इन्टरनेट र बिजुलीको बिल, आदि ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यो सेवा लिन डिजिटल वालेटमा ग्राहकहरूले पटक–पटक ब्यालेन्स लोड गरी रहन पर्दैन ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्