Shikhar Insurance
National Life

यती एयरलाइन्सका यात्रुले पठाओ चढे ५० प्रतिशत छुट पाउने, यसरी लिनुस् लाभ

सिंहदरबार संवाददाता
२०७८ पुष २६, सोमबार १५:३१
Hyundai
NCELL
NIMB

काठमाडौं । लोकप्रिय राइड सेयरिङ कम्पनी पठाओ र हवाई कम्पनी यती एयरलाइन्सले यात्रुहरूको सहज यात्राको लागि सम्झौता गरेका छन् ।

सम्झौता अनुसार यात्रुले यती एयरलाइन्सको मोबाइल एप वा वेबसाईटबाट हवाई टिकट खरिद गर्दा पठाओको बाइक राइडमा २० प्रतिशत छूट पाउन सक्नेछन् भने कार लाइट (ट्याक्सी) मा ५० प्रतिशत (१७५ रुपैयाँ सम्म) छुट प्राप्त गर्न सक्नेछन् । यो अफर आजैबाट लागू भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

काठमाडौ उपत्यकाका यात्रुलाई एयरपोर्ट सम्म जान र आफ्नो गन्तव्यबाट एयरपोर्ट फर्किएपछि स्थानीय गन्तव्य सम्म पुग्न सहजताको लागि यती एयरलाइन्स र पठाओले संयुक्त सहकार्यमा ‘सहज यात्रा’ अफर ल्याएका हुन् ।

हवाई यात्रुलाई एयरपोर्ट जान र आउन सहज यात्रा होस् भन्ने उद्देश्यले यति एयरलाइन्स सँग सम्झौता गरिएको पठाओको मार्केटिङ म्यानेजर सुरक्षा हमालले बताइन् । भविष्यमा यति एयरलाइन्सका सबै यात्रुलाई यो अफर लागू गर्ने योजना रहेको हमालले बताइन् ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्