Shikhar Insurance
National Life

ओमिक्रोनको त्रास बढेपछि बैंकहरुलाई राष्ट्र बैंकले दियो कार्यालयदेखि एटीएम बुथसम्म पालना गर्नुपर्ने निर्देशन

सिंहदरबार संवाददाता
२०७८ पुष २६, सोमबार १४:४७
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपालमा कोरोना भाइरसको त्रास फेरि बढेपछि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई कार्यालयदेखि एटीएम बुथसम्म स्वास्थ्य मापदण्ड पालना गर्न निर्देशन दिएको छ । केन्द्रीय बैंकले सोमबार एक सूचना पत्राचार गर्दैसरकार र विश्व स्वास्थ्य संगठनको स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्डको पालना गरी सेवा प्रवाह गर्न निर्देशन दिएको हो ।

कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट संक्रमित बढ्दै गएपछि राष्ट्र बैंकले प्रत्यक्ष सम्पर्कमा रहने जनशक्ति तथा सेवाग्राहीमा संक्रमणको जोखिमलाई न्यूनीकरण गर्न आवश्यक उपाय अबलम्बन गर्न बैंक तथा वित्तीय संस्थालाई भनेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

निर्देशन अनुसार बैंकहरुले सेवाग्राही भिडभाड नहुने तथा भौतिक दुरी कायम हुने व्यवस्था मिलाई सेवा प्रवाह गर्नुपर्ने छ । बैंक तथा वित्तीय संस्थाहरुले बैठक, गोष्ठी, सेमिनार, तालीम सञ्चालन गर्दा भौतिक दुरी कायम गर्नुपर्ने छ भने सकेसम्म भर्चुअल माध्यमबाट गर्नुपर्नेछ ।

साथै, बैंक तथा वित्तीय संस्थाहरुले एटीएम बुथहरुबाट हुन सक्ने जोखिमलाई न्यूनिकरण गर्न ढोका खुला राखी सेनिटाइजर लगायतका सामग्रीको व्यवस्था गर्न निर्देशन दिएको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्