Shikhar Insurance
National Life

झापामै फल्छ नेपालको माग धान्ने सुपारी, आयात खोलेर किसानमारा काम गर्दै सरकार

सिंहदरबार संवाददाता
२०७८ पुष २६, सोमबार १४:०३
Hyundai
NCELL
NIMB

काठमाडौं । सुपारी माफियासँग मिलेर सरकारले आयात खुला गर्न लागेकामा स्थानीय सुपारी व्यवसायीले यो काम किसानमारा भएको तर्क गरेका छन् । झापाको नमुना झापा सुपारी बाली विकास संस्थाले सञ्चारमाध्यमा प्रकाशित भएको समाचारप्रति टिप्पणी गर्दै सुपारी आयात खुलाउने काम किसानमारा भएको बताएको हो ।

संस्थाका अनुसार नेपालमा वार्षिक १० हजार मेट्रिक टन सुपारीको माग हुने गरेपनि स्थानीय उत्पादन नै १२ हजारभन्दा बढी छ । सरकारबाट प्राट प्राप्त यो तथ्यले पनि आयात खुला गर्नु किसानमाथिको अन्याय भएको संस्थाका अध्यक्ष रामकुमार राई बताउँछन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

आफूले उत्पादन गरेको सुपारी बजार नपाएर घरमा थन्किएर बसेका बेला आयात खुला गर्ने समाचारले आफू मर्माहित भएको उनको भनाइ छ ।

अहिले सुपारीको आयात गर्न दिइएको छैन । सरकारले सुपारीमा २५ हजार मेट्रिक टनको परिमाणात्मक बन्देज लगाएको छ । राष्ट्रिय सभाको दिगो विकास तथा सुशासन समितिले गत वैशाखमा आयात अनुमतिको रोक्का गर्न भन्सार विभागलाई पत्र काटेको थियो ।
अर्कातर्फ अख्तियार दुरूपयोग अनुसन्धान आयोगले परिमाणात्मक बन्देज लगाएको माल आयातको लागि अनुमति दिँदा पारदर्शीता कायम हुने गरी कार्यविधि बनाएरमात्र खुला गर्न भनेको छ ।

कृषि ज्ञान केन्द्र झापका अनुसार झापामा मात्रै वार्षिक १० हजार मेट्रिक टन सुपारी उत्पादन हुन्छ जुन नेपालको माग धान्न पर्याप्त हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्