Shikhar Insurance
National Life

गभर्नर भन्छन्ः अर्थमन्त्रीलाई असहयोग गर्ने नीति छैन, सम्बन्ध पनि बिग्रेको छैन

सिंहदरबार संवाददाता
२०७८ पुष २५, आईतवार १८:४६
Hyundai
NCELL
NIMB

काठमाडौं । पछिल्ला केही महिना यता अर्थमन्त्री जनार्दन शर्मा र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबीच ‘टसल’ का समाचार छरपष्ट छन् । मुलकुको अर्थतन्त्र व्यवस्थापक अर्थ मन्त्री र उनै व्यवस्थापकले तयार पारेको देशको अर्थ नीति कार्यान्यवन गर्ने निकायको प्रमुखबीच समन्वय र सहयोगको पाटोमा चौतर्फी उठेको प्रश्नको जवाफ गभर्नर अधिकारीले दिएका छन् ।

आइतबार प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिको वैठकमा गभर्नर अधिकारीले सबै आरोप र हल्ला गलत र आधारहीन भएको बताएका छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

अर्थमन्त्री र आफूबीचको धमिलिँदो सम्बन्धको जोगाउ गर्दै गभर्नर अधिकारीले सांसदहरुलाई जवाफ दिएका हुन् ।

समितिमा देशको वर्तमान आर्थिक अवस्थाको सम्बन्धमा अर्थ सचिव र राष्ट्र बैंकका गभर्नरसँगको छलफल डाकिएको थियो । छलफलफका क्रममा नेकपा माओवादीका सांसद अमनलाल मोदीले अर्थमन्त्रीलाई सफल हुन नदिन गभर्नरले असहयोग गरेको प्रश्न तेस्र्याएका थिए । उनले अर्थमन्त्री शर्मा माओवादी नेता भएको हुनाले गभर्नर र अर्थ सचिव दुवैले असहयोग गरेको अरोप लगाए ।

‘विभिन्न पत्रपत्रिका अनलाइन समाचार माध्यममा छरपष्ट भइसकेका छन्, अर्थ मन्त्री र राष्ट्र बैंकका गभर्नरबीच मनमुटाव छ भनेर,’ सांसद मोदीले गभर्नर अधिकारीलाई प्रश्न गरे, ‘‘माओवादीको नेता भएर हो ? अर्थमन्त्रीलाई पपुलर हुन नदिने दिने भनेर असहयोग गर्नु हुन्छ भन्ने सुनिन्छ । तपाईंहरुको आपसी तालमेल नमिलेकै हो ?’

संसद मोदीले गभर्नर अधिकारीले अर्थमन्त्री शर्माले ल्याउने अर्थनीतिलाई जनता सामु पपुलर हुन नदिन गभर्नर र अर्थ सचिवले नै नियोजित रुपमा नीतिगत व्यवस्थाहरु गरिरहेको उनको भनाइ थियो ।

मोदीले उठाएको प्रश्नमा गभर्नर अधिकारीले आफू र अर्थमन्त्री बीच कुनै पनि टसल नभएको जवाफ दिएका थिए ।

‘राष्ट्र बैंकले आफ्नो मौद्रिक व्यवस्थापन जोखिममै राखेर भएपनि सरकारको नीति अर्थ नीति सफल बनाउन सहयोग गरिरहेको छ,’ गभर्नर अधिकारीले भने, ‘ब्युरोक्रेसी भएको संस्थाले सरकारलाई असहयोग गर्छु भन्न मिल्दैन, मुलुकको अर्थनीतिलाई राष्ट्र बैंकको तर्फबाट हुनुपर्ने सम्पूर्ण सहयोग र समन्वय गरिरहेका छौं । अर्थ मन्त्री र म बीच कुनै पनि मनमुटाब छैन ।’

उनले ब्युरोक्रेट (निजामती सरकारी कर्मचारी)हरुले सरकारलाई असहयोग गर्छु भन्न नमिल्ने बताउँदै मौद्रिक व्यवस्थापनमा जोखिम मोलेर भएपनि सरकारको अर्थ नीतिलाई सफल बनाउन आफू लागि परेको बताए ।

आइतबार बसेको लेखा समितिको छलफलमा सांसद मोदीले राष्ट्र बैंक र अर्थ सचिवले मात्र आपसमा छलफल गरी आयात निरुत्साहित नीति ल्याएको बताएका थिए । विलासिताको वस्तुले स्वदेशी विदेशी देशबाहिर पठाएको निष्कर्षमा आयात कडाइ गरिएकामा यस्ता नीतिको पालना नीति निर्माताले नै नगरेको उनको आरोप छ ।

‘विलसिलताका वस्तुहरुमा तपाईंहरुले चड्ने गाडी पनि पर्छन्,’ उनले आक्रोस पोख्दै भने, ‘यस्ता विलासिलताको वस्तु हामी नै चढ्दैनौं भन्न तपाईंहरु किन सक्नु हुन्न ? गभर्नर, सचिवहरुले महंगो गाडी किन चड्नु पर्यो ? विलासिलता वस्तुको आयात रोक्ने हो भने त्यस्ता गाडी नचढ्ने कामको सुरुवाता गभर्नर र सचिवहरुबाटै शुरु गर्नु पर्यो ।’

उनले माओवादीका नेता अर्थ मन्त्रीले लिएको अर्थ नीतिलाई सहयोग नगर्ने गभर्नर र अर्थ सचिवले सानादेखि ठूला लगानीकर्ता, व्यवसायीहरुलाई हुण्डीमार्फत् नेपालको पैसा देशबाहिर पठाइरहेको तर, सो विषयमा वास्ता नगरेको आरोप लगाए ।

‘रेमिट्यान्स भित्र्याउने नीति, आयात रोक्ने नीति बनाउनेहरुले, देशको पैसा श्रमिकदेखि ठूला उद्योगी व्यववसायीले हुण्डीमार्फत लगिरहेका छन्, त्यो रोक्ने नीति कहिले ल्याउँछन्,’ उनले गभर्नर र अर्थ सचिवलाई प्रश्न गरे ।

GBIME

प्रतिक्रिया दिनुहोस्