Shikhar Insurance
National Life

२०% लाभांश पारित गर्दै विजय लघुवित्तको साधारणसभा सम्पन्न, मर्जर/प्राप्तिको अख्तियारी सञ्चालकलाई

सिंहदरबार संवाददाता
२०७८ पुष २५, आईतवार १२:५८
Hyundai
NCELL
NIMB

काठमाडौं । विजय लघुवित्त वित्तिय संस्था लिमिटेडको नवौँ वार्षिक साधारण सभाले आ.व. ०७७/७८ को नाफाबाट २१.०९% लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । वित्तिय संस्थाको साधारण सभाले २०.०३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.०६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्दै संस्थाको कायम जारी तथा चुक्ता पुँजी रु. ३,२०,०००,००० पुर्‍याउने प्रस्ताव पारित भएको छ ।

संस्थाका अध्यक्ष कपिल न्यौपानेको अध्यक्षतामा सम्पन्न उक्त सभाले वित्तीय संस्थाको आ.व. २०७७/७८ को संचालक समितिको प्रतिवेदन , २०७८ असारमसान्तको वासलात तथा सोही मितिमा समाप्त आ.व.२०७७/७८ को नाफा नोक्सान हिसाब , सोहि अवधिको नगद प्रवाह विवरण लगायत वित्तीय विवरणहरु पारित गरेको छ । उक्त साधारण सभाले आ.व. २०७८/७९ मा लेखा परिक्षण कार्य गर्नका लागि विदुर एसोसियट्सका सिए विदुर लुईटेललाई नियुक्त गर्ने तथा निजको पारिश्रमिक तोक्ने प्रस्ताव समेत अनुमोदन गरेको छ । साथै संचालक समितिले प्रस्ताव गरे बमोजिम प्रबन्धपत्र तथा नियमावलिको विभिन्न दफामा संसोधन प्रस्ताव समेत स्वीकृत गरेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

नवौँ वार्षिक साधारण सभाले संस्थापक सेयरधनीहरुको तर्फबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने ४ जना संचालकहरुमा पदमा क्रमशः कपिल न्यौपाने, स्वयम्भू शाक्य, डा. हेमराज लामिछाने र खेमराज सापकोटालाई सर्वसम्मत रुपमा निर्वाचित गरेको छ ।

उक्त सभाले वित्तीय संस्थाको तर्फबाट अन्य कुनै वित्तीय संस्था प्राप्ती गर्ने वा एक आपसमा गाभ्ने गाभिने सम्बन्धि आवश्यक सहमति र समझौता गर्ने लगायत गाभ्ने,गाभिने वा प्राप्ती गर्ने सम्बन्धमा आवश्यक कामहरु गर्न सक्ने अक्तियारी संचालक समितिलाई प्रत्यायोजन गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्