Shikhar Insurance
National Life

माघ ३ गतेदेखि एभरेष्ट बैंकले २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्दै

सिंहदरबार संवाददाता
२०७८ पुष २५, आईतवार १०:२९
Hyundai
NCELL
NIMB

काठमाडौं । एभरेष्ट बैंकले २ अर्ब रुपैयाँ रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने भएको छ । बैंकले माघ ३ गतेदेखि प्रतिकित्ता १ हजार रुपैयाँ अंकित २० लाख ऋणपत्र जारी गर्ने भएको हो ।

‘एभरेष्ट बैंक लिमिटेड ऋणपत्र, २०८६’ नामक सो ऋणपत्र ८ वर्ष अविधिका लागि जारी गरिने सो ऋणपत्रमा वार्षिक साढे ८ प्रतिशत ब्याजदर दिने उल्लेख गरेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

जारी गरिने कुन २० लाख कित्ता ऋणपत्रमध्ये १२ लाख कित्ता ऋणपत्र व्यक्तिगत र ८ लाख कित्ता ऋणपत्र सर्वसाधारणका लागि खुला हुनेछ । यसबाट सामूहिक लगानी कोषलाई प्रतिशत अर्थात् ४० हजार कित्ता छुट्याईएको छ । बाँकी ७ लाख ६० हजार कित्ता सर्वसाधारणको लागि छुट्याईएको छ ।

बैंकको उक्त ऋणपत्र बिक्री प्रवध्कमा एनआइबिएल एस क्यपिटल रहेको छ । इच्छुक लगानीकर्ताले माघ ३ गतेदेखि डिलोमा माघ १२ गतेसम्म आवेदन दिन सक्नेछन् ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्