Shikhar Insurance
National Life

एनबी बैंकबाट १० वर्षपछि बाहिरिए सीईओ ज्ञानेन्द्र प्रसाद ढुंगाना

सिंहदरबार संवाददाता
२०७८ पुष २३, शुक्रबार १६:२९
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल बंगलादेश (एनबी) बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्र प्रसाद ढुंगाना बैंकबाट बाहिरीएका छन् । वि.सं. २०६८ सालदेखि बैंकको सीईओको जिम्मेवारी सम्हालेका ढुंगानाले १० वषपछि बैंकबाट अवकाश लिएका हुन् ।

ढुंगानाको कार्यकाल पुस मसान्तमा सकिने भएपनि आफू पुस १७ गतेदेखि नै बिदामा बसेको उनले जानकारी दिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

‘जनवरी १ तारिखदेखि म बिदामा छु, म रिटाएर्डको समय भएको हुँदा सम्पुर्ण जिम्मेवारी डेपुटी सीईओलाई सुम्पिएर म बाहिरीएको हुँ,’ ढुंगानाले सिंहदरबारसँग भने ।

आफू बैंक बाहिर भएपनि आवश्यक अवस्थामा बैंकलाई सदैव सहयोग तथा समन्वय गर्न तयार रहने उनको भनाई छ ।

एनबी बैंक संचालक समितले गत पुस ८ गते नै नेपाल इन्फास्ट्रक्चर बैंकका डेपुटी सीइओ भूपेन्द्र पाण्डेलाई वरिष्ठ नायव कार्यकारी अधिकृतमा नियुक्त गरिसकेको छ । नबिल बैंकसँग मर्जरको तयारी गरिरहेको एनबी बैंकमा मर्जर प्रक्रिया सम्पन्न नहुँदासम्म भूपेन्द्रले नै आधिकारीक रुपमा बैंकको जिम्मेवारी सम्हाल्ने बताइएको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्