Shikhar Insurance
National Life

एटीएमबाट पैसा झिक्न कार्ड नचाहिने

सिंहदरबार संवाददाता
२०७८ पुष २३, शुक्रबार १५:५०
Hyundai
NCELL
NIMB

काठमाडौं । सिटिजन्स बैंकका ग्राहकले कार्ड बिनै एटीएमबाट पैसा झिक्न पाउने भएका छन् । ग्राहकहरुले सिटिजन्सकै एटीएमबाट एकैछिनमा पैसा झिक्न सक्ने भएका हुन् ।

डिजिटल बैंकिङ्गलाई सधैं प्राथमिकतामा राख्दै आएको सिटिजन्स बैंक इन्टरनेसनलले आफ्ना ग्राहकहरुको लागि कार्डलेस क्यास विथड्रल सेवाकोे सुरुवात गरेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यो प्रविधीमा मोबाइलमा ओटीपी प्राप्त गरी सो पासवर्ड, निकाल्न खोजिएको रकम र मोबाइल नम्बर एटीएम मेसिनमा प्रविष्टि गरि पैसा निकाल्न सकिने छ । यो प्रविधी सरल एवं सहज हुनुका साथै आफूसँग कार्ड नभएको अवस्थामा समेत एटिएमबाट पैसा निकाल्न सकिने छ ।

पुस २३ गते एक समारोहका बीच उक्त सेवाको उद्घाटन गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले बिना कार्ड एटिएमबाट पैसा निकाल्ने प्रबिधि डिजिटल बैंकिङ्गको क्षेत्रमा एउटा महत्वपूर्ण कोसेढुङ्गा भएको बताए । उनले अब प्रत्येक ग्राहकले आफ्नो मोबाइलबाटै सम्पूर्ण बैंकिङ्ग कारोबार गर्ने समय आएको र सिटिजन्स बैंक पनि यस दिशातर्फ अग्रसर भईसकेको बताए ।

बैंकले यस अघि मोबाइलबाटै खाताको बिबरण हेर्ने, बिभिन्न उपयोगी सेवको भुक्तानी गर्ने, रकमान्तर गर्ने लगायत नयाँ कार्ड तथा पिन अनुरोध गर्ने, मुद्दति खाता खोल्ने, कर्जा अनुरोध गर्ने, अनलाइन खाता खोल्ने, केवाईसी गर्ने जस्ता सुबिधा प्रदान गर्दै आइरहेको छ ।

सिटिजन्स बैंकले १७४ वटा शाखाहरुबाट करीब १३ लाख ग्राहकहरुलाई आधुनिक बैंकिङ्ग सेवा दिंदै आएको छ । बैंकले निकट भविष्यमा काठमाडौँ उपत्यकामा ६ वटा शाखा विस्तार गर्दै छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्