Shikhar Insurance
National Life

बीमा कम्पनीले सीइओको कुर्सि ३ महिना बढी खाली राख्न नपाउने, टार्गेटमा यी ४ कम्पनी

सिंहदरबार संवाददाता
२०७८ पुष २३, शुक्रबार १२:४९
Hyundai
NCELL
NIMB

काठमाडौं । अब बीमा कम्पनीहरुले ३ महिनाभन्दा बढी प्रमुख कार्यकारी अधिकृत (सीईओ) को पद खाली राख्न नपाउने भएका छन् । नीतिगत व्यवस्था नहुँदा कम्पनीहरुले वर्षौंसम्म महाप्रबन्धक वा डेपुटी सीईओको भरमा संस्था संचालन गर्ने गरेका थिए ।

सो प्रवृतिलाई रोक्न कानुनी व्यवस्था नहुँदा बीमा समितिले मौखिक निर्देशन मात्र दिने गरेको थियो । अब भने कानुनी व्यवस्थामार्फत् नै बीमा कम्पनीमा सीईओको पद ३ महिनाभन्दा बढी रिक्त राख्न नपाउने व्यवस्था गरिएको छ । समितिले नीतिगत डण्डा चलाउने गरी बीमकको संस्थागत सुशासन सम्बन्धि निर्देशिका, २०७५ माथि लाई पहिलो संशोधन गरी ३ महिनाभन्दा बढी सीइओ पद खाली राख्न नपाउने व्यवस्था गरेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलका अनुसार कम्पनीहरुमा संस्थागत सुशासन कायम गर्न यस्तो व्यवस्था गरिएको हो ।

‘सीईओ नै नियुक्ति नगर्ने, डेपुटी सीईओ वा महाप्रबन्धको भरमा संस्था चलाउँदा कम्पनीहरुमा सुशासन कायम गर्न गाह्रो भइरहेको थियो,’ कार्यकारी निर्देशक राजुरमण पौडेलले सिंहदरबारसँग भने, ‘अब तोकिएको समयमा सीईओ नियुक्त नगरे समितिले ऐन कानुन उल्लंघन गर्दा हुने कारवाही कम्पनीहरुलाई गर्छ ।’

अहिले राष्ट्रिय बीमा कम्पनी, नेपाल इन्स्योरेन्स,नेपाल लाइफ इन्स्योरेन्स कम्पनी र रिलायन्स लाइफ इन्स्योरेन्स सीईओ बिहिन छ ।

राष्ट्रिय बीमा कम्पनी सरकारी सेयर स्वामित्व रहेको बीमा कम्पनी हो । कम्पनीमा अर्थ मन्त्रालयले सहसचिव डा. डिल्ली राज अर्याललाई २०७५ पुसमा सीइओको रुपमा काजमा पठाएको थियो । उनलाई मन्त्रालयलले गत भदौ मन्त्रालयनै फिर्ता बोलाएपछि कम्पनीको सीइओ पद खाली छ । समितिले गरेको नयाँ व्यवस्था अनुसार कम्पनीले तत्कालै नयाँ सीईओ नियुक्त गर्नु पर्ने बाध्यता छ ।

यस्तै, समितिले गरेको नयाँ व्यवस्था अनुसार  तत्कालै नयाँ सीईओ नियुक्त गर्नु पर्ने बाध्यता  नेपाल इन्स्योरेन्सलाई पनि भएको छ । कम्पनीबाट आफ्नो ४ वर्षे कार्यकाल सीइओ बिजयबहादुर शाह बाहिरीएका हुन् । विगत ६ महिना यता कम्पनी सीइओ विहिन छ ।

नेपाल लाइफ इन्स्योरेन्सले गत कात्तिकदेखि नै सीईओ बिहिन छ । सीईओ सन्तोष प्रसाईंको राजिनामा सञ्चालक समितिले कात्तिक २१ गते स्वीकृत गरेको हो । त्यसयता कम्पनीको बागडोर कामय मुकायम सीईओ सुशिल कुमार चौधरीको हातमा छ । समितिले गरेको नयाँ व्यवस्था अनुसार अब कम्पनीले माघ २१ गतेभित्र नयाँ सीइओ नियुक्त गरिसक्नु पर्नेछ ।

यस्तै, रिलायन लाइफमा सीइओ प्रविण रमण पराजुलीले आफ्नो ४ वर्षे कार्यकाल सकाएर कम्पनीबाट पुस १२ गते बाहिरिएको छन् । कम्पनीले चैत १२ गतेसम्म नयाँ सीइओ नियुक्त गरिसक्नु पर्नेछ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्