Shikhar Insurance
National Life

अनौपचारिक क्षेत्रलाई पनि सामाजिक सुरक्षा कोषमा आवद्ध गराइन्छ, आनाकानी स्वीकार्य छैनः श्रममन्त्री

सिंहदरबार संवाददाता
२०७८ पुष २३, शुक्रबार १४:१५
Hyundai
NCELL
NIMB

काठमाडौं । अब सबै रोजगार प्रतिष्ठान र श्रमिकहरु सामाजिक सुरक्षा कोषमा आवद्ध हुनु पर्ने श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले बताए । मन्त्री श्रेष्ठले संयुक्त ट्रेड युनियन समन्वय केन्द्रको पाँचौं श्रम संसदलाई सम्वोधन गर्दै सबै प्रतिष्ठान र श्रमिकहरुलाई सामाजिक सुरक्षा कोषमा सूचिकृत हुने गरी सरकारले काम अघि बढाएको बताएका हुन् ।

हालसम्म कोषमा औपचारिक क्षेत्रका रोजगार प्रतिष्ठान र श्रमिकहरु मात्र आवद्ध भइरहेका छन् । अब भने सरकारले सामाजिक सुरक्षाको छाताभित्र अनौपचारिक क्षेत्र तथा वैदेशिक रोजगारीमा रहेका श्रमिकहरुलाई समेट्ने योजना अघि बढाएको उनले बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

‘अब सबै प्रतिष्ठान र श्रमिकहरु सामाजिक सुरक्षा कोषमा सूचिकृत हुन आवश्यक छु मन्त्री श्रेष्ठले भने, ‘यसमा सबै श्रमिक र रोजगारदाताहरुको सहयोग र अग्रसरताको अपेक्षा सरकारले गरेको छ ।’

अहिले श्रम कानून कार्यान्वयन गर्दा आफूलाई फाइदा हुने विषयमा लाभ लिइहाल्ने तर पूरा गर्नुपर्ने दायित्वबाट पन्छिने प्रवृति पनि देखिन थालेको मन्त्री श्रेष्ठले बताए ।

श्रम ऐनको लचकताबाट लाभ लिने अर्थात रोजगारीबाट हटाउने विषय लागु गर्ने तर सामाजिक सुरक्षा कोषमा सुचिकृत हुने विषयमा आनाकानी गर्ने प्रवृति अस्वीकार्य रहेको उनको भनाई छ ।

मन्त्री श्रेष्ठले सरकारले आन्तरिक रोजगारी सिर्जना गर्ने र बाध्यकारी वैदेशिक रोजगारीलाई हटाउने गरी अघि बढेको बताए । श्रम प्रशासनलाई प्रभावकारी बनाउने, श्रम अडिट, कारखाना निरीक्षण, सेवा प्रवाहमा सरलता ल्याउने कुरामा पनि प्रभावकारी रुपमा काम अघि बढाएको भन्दै उनले श्रम तथा रोजगार कार्यालयलाई स्रोत साधनको कमि हुन नदिने प्रतिवद्धता जनाए ।

वैदेशिक रोजगारीलाई सरल, सहज बनाउने र विकृतिको अन्त्य गर्न सेवा प्रवाहलाई प्रविधिमा आधारित बनाउन लागिपरेको उनले बताए । सेवा प्रवाहलाई फेसलेस, क्यासलेस र पेपरलेस बनाउने दिशातर्फ काम अघि बढिसकेको मन्त्री श्रेष्ठले जानकारी दिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्