काठमाडौं । बीमा कम्पनीहरुको सञ्चालकहरुले सेयर खरिद बिक्री गर्न पाउने भएका छन् । बीमा समितिले बीमकको संस्थागत सुशासन सम्बन्धि निर्देशिकामा पहिलो संशोधन गर्दै सो व्यवस्था गरेको हो ।
यस अघिसम्म सञ्चालकले आफ्नो पदमा बहाल रहुन्जेल र सो पदबाट हटेको एक वर्षसम्म आफ्नो कम्पनीको कुनै पनि प्रकारको सेयर डिबेन्चर खरिद बिक्री गर्न नपाउने व्यवस्था ‘बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका, २०७५ ले गरेको थियो । तर, समितिले सो निर्देशिकालाई संशोधन गर्दै जारी गरिएको बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका (पहिलो संशोधन), २०७८ मा सो सेयर तथा डिबेन्चर किनबेच गर्ने बाटो खोलिदिएको हो ।
जसअनुसार सञ्चालक पदमा संस्थागत प्रतिनिधित्व भएको सञ्चालकको हकमा सञ्चालकको हकमा सञ्चालक नियुक्त गर्ने संस्थागत सेयरधनीले बीमा समितिको स्वीकृति लिई खरिद बिक्री गर्न बाधा पर्ने छैन ।
संस्थागत प्रतिनिधित्व गर्ने सञ्चालकको हकमा सेयर खरिद बिक्री सम्बन्धी व्यवस्था स्पष्ट गर्नुपर्ने भएकोले सो व्यवस्था गरिएको समितिले उल्लेख गरेको छ ।
साथै, समितिले संस्थागत सेयर खरिद बिक्रीका लागि यसअघिका विभिन्न व्यवस्थाहरुलाई समेत संशोधन गरी सहजिकरण गरेको छ ।
यस्तै, समितिले यसअघि सञ्चालकको वित्तीय स्वार्थ भएको वा एकाघर परिवारको २५ लाख रुपैयाँसम्मको मात्र जीवन बीमा गराउन पाइने व्यवस्थालाई समेत ५० लाख रुपैयाँ कायम गरेको छ ।
प्रतिक्रिया दिनुहोस्