Shikhar Insurance
National Life

महामारीमा जनताको चुलो एकै दिन पनि निभ्न नदिइ निगम नेतृत्वबाट बिदा भए सुरेन्द्र पौडेल

सिंहदरबार संवाददाता
२०७८ पुष २२, बिहीबार २०:१७
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल आयल निमगका कार्यकारी निर्देशकको सुरेन्द्र कुमार पौडेलको कार्यकाल सकिएको छ । ३ वर्षअघि नियुक्त भएका कार्यकारी निर्देशक पौडेलको कार्यकाल बिहीबारबाट सकिएको हो ।

२०७५ साल पुस २३ गतेको मन्त्रिपरिषद् बैठकले पौडेललाई ३ वर्षका लागि निगमको कार्यकारी निर्देशकको जिम्मेवारी दिएको थियो । नेपालमा अत्यावश्यक इन्धन आपूर्तिको एकमात्र निकाय नेपाल आयल निगमको कार्यकारी निर्देशकको रुपमा सक्रिय ३ वर्षे कार्यकालले आजबाट बिट मारेको हा ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

पौडेल कार्यकालको अन्तिम दिनसम्म खटिरहे । नेपालगञ्जमा देशकै ठूलो भण्डारण क्षमताको पेट्रोल पम्प उद्घाटन गरेर उनले कार्यकालको सकिएको घोषणा गरे ।

कोरोना महामारीमा महामारीमा इन्धनको सहज आपूर्ति गर्नु पौडेलको कार्यकालको सम्झनलायक योगदान रह्यो । उनको ३ वर्षे कार्यकालको २ वर्ष आपूर्ति प्रणाली व्यवस्थापन गर्दागर्दै बित्यो । उनको कार्यकालभरी कुनै यस्तो दिन आएन जहिले इन्धनको अभाव भयो । कुनै दिन उपभोक्ताको चुलो निभेन ।

कार्यकालको पूर्वार्द्धमा निगमले गरेको नाफालाई उत्तरार्द्धमा खर्च गरेर इन्धनको भाउ आकाशिन दिएनन् । २०७० सालमै प्रतिलिटर १ सय ४० रूपैयाँसम्म पुगेकामा अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य हालसम्मकै उच्च भएका बेला पनि ७० सालको रेकर्ड नाघ्न दिएनन् ।

भारतीय समकक्षी इन्डियन आयल कर्पोरेसनसँग मित्रवत् सम्बन्ध राखे । उनकै पालामा नेपालको पहिलो मोतिहारी-अम्लेखगञ्ज पेट्रोलियम पाइपलाइन सञ्चालनमा आयो । सो पाइपलाइनलाई हेटौडासम्म विस्तार गर्न लागिएको छ । पूर्वमा पनि चारआलीसम्म तेल ल्याउने अर्को पाइपलाइन निर्माण सुरू भइसकेको छ ।

भण्डारण क्षमता विस्तारमा उनको कार्यकाल निकै सम्झनालायक बन्यो । निगमको क्षेत्रिय भण्डारणस्थल विस्तार भइरहेको छ । बिमानस्थलमा जहाजले सजिलै तेल पाउने अवस्था सिर्जना भएको छ ।

उनकै कार्यकालमा निगम डिजिटाइजेसनको पहिलो खुड्किलो उक्लिलियो । इन्टरप्राइज रिसोर्स प्लानिङ (ईआरपी) कार्यान्वयनमा ल्याएका निगमले आफ्नो सुविधासम्पन्न कर्पोरेट कार्यालय बनाउने काम उनकै पालामा सुरू भइसकेको छ । यसो त चीनबाट पाइपलाइनमा तेल आयात गर्ने विषय पनि अघि बढेको छ ।

कोरोना महामारीले आक्रान्त देशमा ग्यास, पेट्रोल, डिजेलको अभाव कहिले भएन । बरू उल्टै घरघर ग्यास पुर्‍याउने काम उनी नेतृत्वमा रहँदा भयो ।

निगमबाट नेतृत्वबाट बिदा लिँदै पौडेलले आफ्नो कार्यकाल केबल निगम र समस्त उपभोक्ताको सर्वत्वमुखी हितलाई अर्जुन दृष्टि र अभिष्ट बनाउँदै बिताएको बताए ।

“पदीय गरिमा जोगाउने क्रममा निगमको हितलाई सर्वोपरि ठानी मेरो ज्ञान र बुद्धिले भ्याएसम्म अहोरात्र खटिरहेँ,” पौडेल भन्छन्, “यस क्रममा नेपालको इन्धन आपूर्तिको सरल र बक्र दुवै गहिराइका तीता मीठा अनुभूतिसहित उपभोक्ता र निगमको श्रीवृद्धिका निम्ति आफूले कति सहजीकरण गर्न सकेँ या सकिन यसको समग्र मूल्याङ्कन इतिहासलाई छाडेको छु ।”

पौडेलले विश्वव्यापी बहावका स्वाभाविक असर स्वरुप प्रयुक्त मूल्यवृद्धिलाई सस्तो बजार, हल्ला र राजनैतिक बिषय बन्न नदिन मूल्यवृद्धिमा अल्झेको चुनौतीलाई कर सामान्यीकरण गर्दै वर्तमान सरकारलाई यथासीघ्र समाधानउन्मुख समाधान खोज्न सुझाव दिँदै निगमबाट बिदा मागेका छन् । उनी भन्छन्, “अत्यावश्यक सामग्री इन्धन र ग्यास आपूर्तिको नवीन चुनौतीलाई सफलतम मार्गका निम्ति पछिल्लो नेतृत्वलाई शुभकामना छ ।”

“विषम परिस्थितिमा राज्य र आम नागरिकलाई महत्वपूर्ण योगदान गर्ने प्रयास सम्भव भएको महसुस गरेको छु । मेरो कार्यकालको अधिकांश अवधि कोभिड महामारीमाझ एक दिन पनि अत्यावश्वक इन्धनको अभाव भएन,” सिंहदरबारसँगको संक्षिप्त कुराकानीमा उनले भने, “देशको रक्तसञ्चार हरेक पल चलिरह्यो, आम नागरिक चुलो सदा बलिरह्यो, सवारीसाधान दौडिरह्यो । निगमको छवी सुधार्न पनि सफल रहें जस्तो लाग्छ । नाफाखोर भनेर लाग्ने आरोप कम गरें । निगमको अस्तित्वको महत्व बुभाएँ जस्तो लाग्छ । बाँकी विश्लेषण गर्ने जिम्मा तपाईंहरूको ।”

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्