Shikhar Insurance
National Life

लाभांश पारित गर्दै एनएमबि बैंकको २६ औं वार्षिक साधारण सभा सम्पन्न, चुक्तापुँजी १८ अर्ब पुग्यो

सिंहदरबार संवाददाता
२०७८ पुष २२, बिहीबार १८:४७
Hyundai
NCELL
NIMB

काठमाडौं । एनएमबि बैंकको वार्षिक साधारणसभा सम्पन्न भएको छ । सञ्चालक समितिका अध्यक्ष, सञ्चालक र सेयरधनीहरुको उपस्थितिमा आज साधारणसभा सकिएको हो ।

एनएमबि बैंकको सञ्चालक समितिका अध्यक्ष पवन कुमार गोल्याणको सभापतित्वमा उक्त साधारण सभा सम्पन्न भएको हो । सो साधारण सभामा बैंकका सेयरधनीहरुले आ–आफ्नो विचार समेत ब्यक्त गरे ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उक्त वार्षिक साधारण सभाद्वारा आ.व. २०७७/७८ को नाफाबाट हाल कायम चुक्त पुँजीका १२.५० प्रतिशत बोनस शेयर र ३.३ प्रतिशत नगद लाभांश (बोनस र नगद लाभांशको कर प्रयोजनको लागी समेत) पारित गरेको छ । साधारण सभाद्वारा स्वीकृत बोनस सेयर पश्चात बैंकको चुक्ता पुँजी रु. १८ अर्ब ३६ करोड पुग्ने जानकारी गराइएको छ । बैंकको २०७८ अषाढसम्ममा खुद नाफा २ अर्ब ७१ करोड, निक्षेप रु. १६६ अर्ब र कर्जा रु. १५८ अर्ब रहेको छ ।

दि फिनान्सियल टाईम्स, लण्डनद्वारा बैंक अफ द इयर एशिया, २०२१ र बैंक अफ द इयर नेपाल, २०२१ बाट यस बैंकलाई सम्मानित गरेको छ । बैंकले २०१७, २०१८, २०२० र २०२१ गरि चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरि सकेकको छ ।

एनएमबि बैंकले हाल २०१ वटा शाखा, १३८ एटिएम र ९ विस्तारित सेवाद्वारा उच्चस्तरीय सेवा प्रदान गदै आईरहेको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्