काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीमा २ जना नयाँ सञ्चालक निर्वाचित भएका छन् । कम्पनीको छैटौँ वार्षिक साधारण सभामार्फत शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीप प्रकाश पाण्डे र एनएलजी इन्स्योरेन्स कम्पनीका सीइओ सुनिल बल्लभ पन्त सर्वसम्मतले सञ्चालकमा निर्वाचित भएका हुन् ।
पाण्डे नेपाल पुनर्बीमा यसअघि पनि कम्पनीका सञ्चालक थिए । १० अर्ब चुक्ता पुँजी भएको नेपाल पुनर्बीमा कम्पनी नेपाल सरकारको समेत सेयर स्वामित्व छ । साथै, केही निर्जीवन तथा जीवन बीमा कम्पनीहरुको पनि सेयर लगानी छ ।
यसैबीच सभाले सञ्चालक समितिले प्रस्ताव गरेको हालको १९ प्रतिशत लाभांश पनि पारित गरेको छ । कम्पनीले चुक्तापुँजी १० अर्ब रुपैयाँको १६.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागिसमेत २.५० प्रतिशत नगद लाभांश प्रस्ताव गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्