Shikhar Insurance
National Life

प्रवीन रमणले छोडेपछि रिलायन्स लाइफको सीईओ राकेश पोखरेल हुँदै

सिंहदरबार संवाददाता
२०७८ पुष २२, बिहीबार १४:२६
Hyundai
NCELL
NIMB

काठमाडौं । राकेश पोखरेल रिलायन्स लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) बन्ने भएका छन् । पोखरेललाई सीईओ बनाउन कम्पनीको सञ्चालक समितिले पास गरी बीमा समितिमा अन्तिम स्वीकृतको लागि पठाएको छ ।

कम्पनीमा आफ्नो ४ वर्षे कार्यकाल सकिएपछि प्रवीन रमण पराजुली गत पुस १२ गते बाहिरिएका थिए । पराजुली ६ महिनापछि सीइओ बन्ने पक्का गरी नेपाल लाइफ इन्स्योरेन्समा कामु सीइओ नियुक्त भइसकेका छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सञ्चालक समितिले पराजुली बाहिरिएको केही दिनमै पोखरेललाई सीईओ बनाउने स्वीकृत माग्दै बीमा समिति पुगेको समिति स्रोतले सिंहदरबारलाई जानकारी दियो । पराजुली बाहिरीएपछि सञ्चालक समितिले निरज कँडेललाई कामु सीईओको जिम्मेवारी दिएको थियो भने कँडेललाई नै सीईओको जिम्मेवारी सुम्पिने अपेक्षा सबैले गरेका थिए ।

तर, संचालक समितिले राकेश पोखरेललाई सीईओ बनाउनका लागि स्वीकृत माग्दै बीमा समिति पुगेको छ । पोखरलले यसअधि आईएमई लाइफ इन्स्योरेन्समा डेपुटी सीईओको जिम्मेवारी सम्हालिसकेका छन् भने उनीसँग करिब बीमा क्षेत्रमा ७ वर्षको कार्यअनुभव छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्