काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा पोषकराज पौडेल पुनः नियुक्त भएका छन् । बीमा समितिले पौडेललाई आगामी ४ वर्षको लागि सीइओमा निरन्तरता दिन स्वीकृती दिएको हो ।
पौडेलको पहिलो कार्यकाल यही पुस मसान्तमा समाप्त हुँदैछ । उनको कार्यकाल थप गर्न पुस पहिलो साता नै कम्पनीका संचालक समितिले बीमा समितिमा स्वीकृतका लागि सिफारिस पठाएको थियो ।
जीवन बीमक संघका उपाध्यक्ष समेत रहेका पौडेल सिजिटन्स लाइफ इन्स्योरेन्स कम्पनीमा सीइओको कार्यभार सम्हालिरहेका छन् । सोअघि उनी बहुराष्ट्रिय कम्पनी अमेरिकन लाइफ इन्स्योरेन्स कम्पनी मेटलाइफमा आवद्ध थिए ।
यस्तो छ उनको शैक्षिक योग्यता र कार्यअनुभव
Mr. Poshak Raj Poudel is the Chief Executive Officer (CEO) in Citizen Life Insurance since the very beginning. He is MBA Graduate from Tribhuwan University and he also holds Fellowship in Life Insurance Management (FLIM) and Associate Customer Service (ACS) Degree from Life Office Management Association (LOMA), USA. Along with degree he is backed by 25 years’ experience in Auditing, Management Consulting, along with 17 years in Insurance Industry. Before joining Citizen Life, he served as Chief Financial Officer (CFO) at Met Life Nepal for 15 years. He is also the Vice President at Life Insurer Association Nepal. His professional ability, varied experience and knowledge, dedication towards the company and strong belief among staffs and team work has helped a lot to uplift the position of Citizen Life.
प्रतिक्रिया दिनुहोस्