काठमाडौं । गरिमा विकास बैंैकले १६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंकको २७०औं संचालक समितिको बैठकले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १६ प्रतिशत बोनश सेयर वितरण गर्ने प्रस्ताव गरेको हो ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरेपछि बैंकको १५औं वार्षिक साधारण सभाले पारित गरी लगानीकर्तामा वितरण गरिने उल्लेख गरिएको छ ।
बैंकले सहारा विकास बैंकले प्राप्ति पश्चात कायम चुक्ता पूँजी ३ अर्ब ९४ करोड ८१ लाख ८३ हजार १०५ रुपैयाँको १६ प्रतिशतका दरले लाभांश वितरण गर्न लागेको हो।
प्रतिक्रिया दिनुहोस्