Shikhar Insurance
National Life

२ फाइनान्स कम्पनीको सेयर मूल्य समायोजन

सिंहदरबार संवाददाता
२०७८ पुष २२, बिहीबार ०९:४०
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले बुधकार २ वटा फाइनान्स कम्पनीको सेयर मूल्य समायोजना गरेको छ । नेप्सेले साधारण सभा तथा लाभांश वितरण र हकप्रद सेयर निष्काशन प्रयोजनका श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स र गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्सको सेयर मूल्य समायोजन गरेको हो ।

नेप्सेले अघिल्लो दिनको कारोबारमा कायम सेयर मूल्यमा यी कम्पनीहरुको सेयर मूल्य समायोजन गरेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

गुहेश्वरी मर्चेण्ट बैंकिङ एण्ड फाइनान्सले १० प्रतिशत बोनस सेयरमा सेयर मूल्य समायोजन गरेको छ । बुधबार कम्पनीको ४ सय ९९ रुपैयाँ ९० पैसामा सेयर कारोबार भएको थियो । मूल्य समायोजन पछि ४ सय ५४ रुपैयाँ ४५ पैसा सेयर मूल्य पुगेको छ ।

नेप्सेले श्री इन्भेष्टमेन्टको ७.७० प्रतिशत बोनस सेयरमा मूल्य समायोजन गरेको छ । समायोजनपछि कम्पनीको सेयर मूल्य ४४१ रुपैयाँ ९७ पैसा पुगेको छ । बुधबार कम्पनीको सेयर मूल्य ४ सय ७६ रुपैयाँ कायम भएको थियो ।

बिहिबार समायोजित मूल्यलाई आधारमा मानेर दोस्रो बजारमा यी कम्पनीहरुको सेयर कारोबार खुल्नेछ।

GBIME

प्रतिक्रिया दिनुहोस्