Shikhar Insurance
National Life

९८.५ प्रतिशत प्रतिफल दिएको एनआईबीएल समृृद्धि फण्ड–१ परिपक्व, नयाँ स्किम ल्याउँदै एनआईबीएल एस

सिंहदरबार संवाददाता
२०७८ पुष २१, बुधबार १९:१६
Hyundai
NCELL
NIMB

काठमाडौं । २०७१ सालदेखि सञ्चालनमा आएको एनआईबिएल सामूहिक लगानी कोष अन्तर्गत एनआईबिएल समृद्धि फण्ड–१ यहि पौष २२ गते परिपक्व हुन लागेको छ । नेपाल ईन्भेष्टमेण्ट बैंक लि. कोष प्रवद्र्धक रहेको र एनआईबीएल एस क्यापिटल योजना लि. व्यवस्थापक रहेको यस फण्डले ७ वर्ष अगाडी रु १० अंकित दरका १० करोड इकाईको एक अर्ब रुपैयाँ बराबर फण्ड निष्काशन गरेको थियो ।

यस योजनाले ७ वर्षको अवधिमा इकाईधनीलाई ९८.५ प्रतिशत लाभांश वितरण गरेको थियो भने दोस्रो बजारमा अधिकत्तम प्रति इकाई रु १७.७१ सम्म कारोबार भएको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

एनआईबिएल सामूहिक लगानी कोष अन्तगर्तको एनआईबिएल समृद्धि फण्ड–१ पहिलो बन्दमुखी योजना रहेको थियो । साथै, योजना परिपक्व हुन लागेसँगै क्यापिटलले अर्को नयाँ स्किम ल्याउने तयारीमा जुटेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्