Shikhar Insurance
National Life

बुधबार ५ कम्पनीको सेयर मूल्य समायोजन, समायोजित मूल्य कति ?

सिंहदरबार संवाददाता
२०७८ पुष २१, बुधबार १०:१५
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले बुधकार ५ वटा कम्पनीको सेयर मूल्य समायोजना गरेको छ । नेप्सेले साधारण सभा तथा लाभांश वितरण र हकप्रद सेयर निष्काशन प्रयोजनका लागि २ वटा लघुवित्त, २ फाइनान्स कम्पनी र १ हाइड्रोपावर कम्पनीको सेयर मूल्य समायोजन गरेको हो ।

बुधबार नेप्सेले सेयर मूल्य समायोजना गरेकोमा जनउत्थान सामुदायिक लघुवित्त, कालिका लघुवित्त, मल्टिपर्पस फाइनान्स, पोखरा फाइनान्स र छ्याङदी हाइड्रोपावर कम्पनी रहेका छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

लघुवित्त र फाइनान्स कम्पनीहरुको सेयर मूल्य बोनस सेयरपछिको मूल्य समायोजन भएको हो भने छ्याङदी हाइड्रोपावरको हकप्रद सेयरपछिको मूल्य समायोजन भएको हो ।

नेप्सेले जनउत्थान सामुदायिक लघुवित्तको २५ प्रतिशत, कालिका लघुवित्तको १३ प्रतिशत, मल्टीपर्पस फाइनान्सको १३ प्रतिशत र पोखरा फाइनान्सको ८.०७५ प्रतिशत बोनस सेयर समायोजन गरेको हो भने छ्याङ्दी हाइड्रोपावरको ३० प्रतिशत हकप्रद  सेयर समायोजन गरेको छ ।

नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा यी कम्पनीहरुको सेयर मूल्य समायोजन गरेको हो।

अघिल्लो कारोबार दिन अर्थात मंगलबार, दोस्रो बजारमा जनउत्थान सामुदायिक लघुवित्तको सेयर प्रतिकित्ता २ हजार ९७९ रुपैयाँमा कारोबार भएको  थियो ।  कालिका लघुवित्तको १ हजार ३१५ रुपैयाँ, मल्टीपर्पस फाइनन्सको ४७१ रुपैयाँ, पोखरा फाइनान्सको ४७६ रुपैयाँ र छ्याङ्दी हाइड्रोपावरको ४८५ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

समायोजनपश्चात जनउत्थान सामुदायिक लघुवित्तको सेयर मूल्य २ हजार ३८३ रुपैयाँ २० पैसा, कालिका लघुवित्तको १ हजार १६३ रुपैयाँ ७२ पैसा, मल्टीपर्पस फाइनान्सको ४१६ रुपैयाँ ८१ पैसा, पोखरा फाइनान्सको ४४० रुपैयाँ ४३ पैसा र छ्याङ्दी हाइड्रोपावरको ३९६ रुपैयाँ १५ पैसा कायम भएको छ। बुधबार समायोजित मूल्यलाई आधारमा मानेर दोस्रो बजारमा यी कम्पनीहरुको सेयर कारोबार खुल्नेछ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्