Shikhar Insurance
National Life

सीडी रेसियो ९१% कटाएर बैंकहरुले दिए साता दिनमै ४ अर्ब रुपैयाँ कर्जा, निक्षेप २ अर्बले घट्यो

सिंहदरबार संवाददाता
२०७८ पुष २०, मंगलवार ११:१६
Hyundai
NCELL
NIMB

काठमाडौं । निक्षेप संकलन गर्न नसकेपनि वाणिज्य एक साता दिनमै दोब्बरले कर्जा प्रवाह गरेका छन् । संचालनमा रहेका २७ वाणिज्य बैंकहरुले पुसको ९ दिनमा निक्षेप संकलन घट्दा कर्जा प्रवाह भने बढाएका हुन् ।

वाणिज्य बैंकहरुले ४२ खर्ब ३७ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका थिए । जुन पुस ९ गते २ अर्ब रुपैयाँले घटेर ४२ खर्ब ३५ अर्ब रुपैयाँमा सीमित भएको नेपाल बैंकर्स संघको तथ्यांकले देखाएको छ ।
सो अवधिमा वाणिज्य बैंकहरुले कर्जा प्रवाह भने थप ४ अर्ब रुपैयाँ गरेका छन् । गत मंसिर मसान्तसम्म ४० खर्ब ८४ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए । जुन पुस ९ गतेसम्म ४ अर्ब रुपैयाँले थप गरी ४० खर्ब ८८ अर्ब रुपैयाँ पुर्याएका हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

वाणिज्य बैंकहरुले निक्षेप संकलन वृद्धि गर्न नसकेपनि कर्जा थप प्रवाह गर्दा कर्जा–निक्षप अनुपात (सीडी रेसियो) समिा भन्दा माथि पुगेको छ । पुस ९ गतेसम्म वाणिज्य बैंकहरुको औषत सीडी र्ेसियो ९१.०१ प्रतिशत कायम छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्त कम्पनीहरुको सीडी रेसियो ९० प्रतिशत चालु आवको मौद्रिक नीीतमार्फत् लागू गरेको हो ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्