Shikhar Insurance
National Life

‘सरकार पुँजीगत खर्च गर्न कर उठाउन झैं लागिपरे कस्तो राम्रो हुन्थ्यो’

सिंहदरबार संवाददाता
२०७८ पुष १९, सोमबार १८:४८
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले राजस्व संकलनमा तदारुकता देखाए जस्तै पुँजीगत खर्चमा सरकारले तदारूकता देखाउन नसकेको बताएका छन् । तरलताको समस्या पेचिलो बन्दै गएको अहिलेको समयमा सरकारको पुँजीगत खर्च मात्र बढन सकेपनि त्यसले केही सहयोग गर्ने उनको धारणा थियो ।

भक्तपुर उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारीहरूको सम्मानमा महासंघले आइतबार राखेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष गोल्छाले कोभिडले थलिएको अर्थतन्त्रले केही गतिलिन खोजेको बेला तरलताको अभावले समस्या उत्पन्न भएको बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

निजी क्षेत्रलाई पनि व्यापारमुखी मात्र भएको, उत्पादनमुुखी क्षेत्रमा लाग्न नसकेको भन्ने आरोप लाग्ने गरेको भन्दै यो केही हदसम्म सत्य भएपनि निजी क्षेत्र उपयुक्त वातावरण पाएमा उत्पादनमुुखी क्षेत्रमा केन्द्रीत हुन तयार रहेको खुलाए ।

अध्यक्ष गोल्छाले आर्थिक गतिविधि बढ्न लागेको, आन्तरिक पर्यटन विस्तारै अगाडी बढ्ने तरखरमा रहेको बेला पुन कोभिडको अर्को भेरियन्टले विश्वलाई नै तर्साएको बताए

“यतिवेला अन्तराष्ट्रिय उडानहरु बन्द भएका, देशहरु पुन लकडाउनतर्फ गैरहेका र त्यसको प्रभाव नेपालमा पनि पर्ने चिन्ता सर्वत्र छ,” अध्यक्ष गोल्छाले भने, “अर्थतन्त्र र रोजगारीमा ठूलो योगदान रहेको पर्यटन क्षेत्र ओमिक्रोनको त्रासले सेटब्याक हुने खतरामा छ ।”

अर्थतन्त्रको विस्तार, रोजगारी सृजना, निर्यात अभिवृद्धि गर्ने लक्ष्यका साथ महासंघले ल्याएको भिजन पेपर नेट २०३० को सफल कार्यान्वयनमा महासंघको सिंगो संजालको कार्यगत एकता, सहकार्य, अपनत्व आवश्यक रहेको बताए ।

भक्तपुर उद्योग वाणिज्य संघले महासंघका हरेक कार्यमा सहयोग गर्दै आएकोमा त्यसको प्रशंसा समेत गरे । अध्यक्ष गोल्छाले भक्तपुरको प्रमुख सामथ्र्य भनेको पर्यटन, हस्तकला, कला संस्कृतिनै रहेकाले यी क्षेत्रको विकासमा संघले नविनतम सोचका साथ काम गर्न आग्रह गरे । भक्तपुरको ऐतिहासिक महत्वलाई उजागर गर्ने र पर्यटन पूर्वाधार विकासमा संघले नेतृत्वदायी भूमिका निर्वाह गर्न सुुझाव दिँदै संघले थालेका सवै कार्यमा महासंघले सहयोग गर्ने प्रतिवद्धता पनि जनाए ।

महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउन काम गरेर देखाउन जरुरी रहेको बताउनुु भयो । सानो ठाँउमा पनि ठूलो काम गर्न सकिने उदाहरण दिँदै उपाध्यक्ष श्रेष्ठले लगभग भक्तपुर जत्रै माल्टा भन्ने देशले प्रतिवर्ष २२ लाख पर्यटक भित्र्याउने गरेको भन्दै भक्तपुरसँग पनि त्यो सम्भावना प्रवल रहेकाले यसमा केन्द्रीत हुन सुुझाव दिए ।

स्थानीय निकायबाट अव्यवहारिक रुपमा उठाइएका करका सम्बन्धमा महासंघले सम्बन्धित निकायको ध्यानाकर्षण गराईसकेको पनि स्पष्ट पारे । महासंघको सञ्जालभित्रका सबै सदस्यहरुको महत्वलाई अझ बढाउने गरी कार्य गर्न वर्तमान नेतृत्व लागेको बताए । उद्योग व्यवसाय विकासका लागि अवरोध वनेका ऐन कानूनको संशोधन, पुनरलेखनका लागि महासंघले सरकारसँग निरन्तर लबिङ गरीरहेको पनि उनले जानकारी गराए ।

संघका नवनिर्वाचित अध्यक्ष शिव प्रसाद मानन्धरले संघले महासंघसँग सदैव संस्थागत सहकार्य गर्दै आएको र आफ्नो कार्यकालमा पनि त्यो रहीरहने प्रतिवद्धता जनाए । आफ्नो नेतृत्वको भावी योजना सुुनाउँदै अध्यक्ष मानन्धरले पर्यटन विकासमा वर्तमान कार्यकाल विशेष रुपमा केन्द्रित हुने बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्